बोटेगाउँमा पुग्यो खानेपानी, पिठ्युमा पानी बोक्ने बाध्यता हट्यो

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 5 mins

पाल्पा । पाल्पाको रामपुर नगरपालिका–३ स्थित बोटे गाउँमा खानेपानी पुगेको छ । वर्षौदेखि खानेपानीको अभाव झेल्दै आएको बोटे गाउँमा खानेपानीको धारा झरेसँगै सहज भएको छ । गण्डकीढीक बोटेगाउँ खानेपानी आयोजना मार्फत यहाँ खानेपानी पुगेको हो ।

गाउँमा पानी पुगेपछि बाउबाजेदेखि बिहानभरी पिठ्युमा पानी बोकेर दैनिकी चलाउँदै आएका यहाँका बोटे समुदायको दैनिकी नै फेरिएको छ । खानेपानी योजना समयमै सम्पन्न भएपछि पिठ्युमा गाग्री बोकेर ५ किलोमिटर उकालो ओरालो गर्नुपर्ने बाध्यता हटेको हो । एक ग्रागो पानी लिन बिहान बिताउनुपर्ने भएपछि बोटेवासी हैरानी भएका थिए । अहिले गाउँमै धारा जोडिएका छन् । २४ सै घण्टा धारा खोल्दा पानी आएपछि उनीहरुले जनजीवन नै परिवर्तन भएको महशुस गरेका छन् । ‘दैनिक बिहान ४ बजे उठेर पानी बोक्नु पथ्यो, मंसिर पुसदेखि पधेरामा पानीको समस्या हुन्थ्यो, कहिले पानी नपाएर रित्तो गाग्री लिएर घर फर्किनु पर्ने बाध्यता थियो, पानी नहुँदा छोराछोरीलाई धुलोमैलो स्कुल पठाउनु पथ्यो’ गृहिणी सुदा बोटेले भन्नुभयो । गाउँमै पानी आएपछि पुराना दुःख समेत बिर्सिएको उहाँको भनाई छ ।

यहाँ ११ लाख ७६ हजार ८ सयको लागतमा टंकी र १० वटा धारा निर्माण कार्य सकिएको छ । रामपुर नगरपालिकाको १० लाख र जनसहभागिता मार्फत १ लाख ७६ हजार ८ लागतमा आयोजना सकिएको हो । आयोजना सकिएसँगै बर्षौदेखि पिठ्युमा पानी बोकेर दिनचर्य गर्दै आएका यहाँका नागरिकको पानी बोक्नु पर्ने बाध्यता हटेको हो । आयोजनाको रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले धारा खोलेर उद्घाट गर्नुभएको छ । धाराको उद्घाटन गर्दै नगरप्रमुख थापाले खानेपानी घरमा पुगेसँगै खानेपानी खाना पाउने नागरिकको मौलिक हकको सुनिश्चितता भएको बताउनुभयो । उहाँले जनताको आवश्यकतालाई केन्द्रमा राखेर नगरको योजना सञ्चालन गरिएको बताउनुभयो । नगर प्रमुख थापाले भन्नुभयो ‘ खानेपानी, विद्युत, स्वास्थ्य र शिक्षा नगरवासीको अपरिहार्य आवश्यकता भएको हो ,सोही आवश्यकता परिपूर्तिका लागि प्रतिवद्ध भएर लागेका छौं ।’ उहाँले थोरै बजेट र छोटो समयमा छिटो काम सम्पन्न गरेकोमा उपभोक्ता समितिलाई धन्यवाद दिंदै यसको दिगोपनाका लागि सबै उपभोक्ता लाग्न आग्रह गर्नुभयो । नगर प्रमुख थापाले नगरपालिकाले एक घर एक धाराको अभियानलाई अगाडि सारेको बताउँदै यसका लागि आवश्यक बजेट विनियोजन गर्ने बताउनुभयो ।

ADVERTISEMENT

नगर प्रवक्ता तथा १ का वडा अध्यक्ष कपिलबहादुर खाँणले सहज रुपमा स्वच्छ खानेपानी पिउन पाउनु नागरिकको नैसर्गिक अधिकार भएको भन्दै यसका लागि नगरपालिका प्रतिबद्ध रहेको धारणा व्यक्त गर्नुभयो । ३ का वडा अध्यक्ष दामोदर पाठकले वडावासीको आधारभूत आवश्यकता पुरा गर्नका वडा र नगरपालिकासँगै सबै तह बिचको समन्व्य आवश्यक पर्ने बताउनुभयो ।

नेपाली काँग्रेस रामपुरका नगर सभापति नेत्रप्रसाद भट्टराईले जनताको आधारभूत आवश्यकता पूरा गरी नगरको विकासको लागि कुनै आग्रह पूर्वाग्रह विना सबै लाग्नुपर्ने बताउनुभयो । यहाँ निस्दी खोला किनारमा ५ हजार लिटर बराबरको रिजर्व टंकीबाट २७ हजार लिटर क्षमताको टंकीमा लिफ्टिङ गरी गाँउमा १० वटा धारामार्फत खानेपानी वितरण गरिएको उपभोक्ता समितिका अध्यक्ष केशव बोटेले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?