स्वास्थ्य शिबिरमा एक सय २७ जनाले लिए सेवा

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 5 mins

नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपलिकाले महिलाहरुलाई स्तन पाठेघरको मुख क्यान्सर तथा आङ खस्ने रोग सम्बन्धी निशूल्क स्वास्थ्य शिबिर संचालन गरेको छ । नगरपालिकाको स्वास्थ्य शाखाले निःशुल्क शिबिर नगरका १८ वटै वडालाई लक्षित गरी ६ वटा स्वास्थ्य चौकीमार्फत् महिलाहरुलाई स्तन पाठेघरको मुख क्यान्सर तथा आङ खस्ने रोग सम्बन्धी निशूल्क स्वास्थ्य शिबिर संचालन गरेको हो ।

महिलाहरुलाई स्तन पाठेघरको मुख क्यान्सर तथा आङ खस्ने समस्या बढदै गएकोले समयमै पहिचान गरी निराकारण गर्ने उद्देश्यले महिलाहरुलाई लक्षित गरि नजिकको स्वास्थ्य चौकीबाट सेवा दिने गरी शिविर संचालन गरिएको नगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक सुरज हरिजनले जानकारी दिनु भयो ।

कतिपय महिलाहरुले समस्या लुकाउने हुँदा नजिकाको स्वास्थ्य चौकीमा सहज पुग्ने गरी शिबिर संचालन गरिएको बताउनु भयो । नगरका १८ वटै वडालाई लक्षित गरी ६ वटा स्वास्थ्य चौकीमार्फत् महिलाहरुलाई स्तन पाठेघरको मुख क्यान्सर तथा आङ खस्ने रोग सम्बन्धी निशूल्क स्वास्थ्य शिबिरमा एक सय २७ जनाले परीक्षण गरेका छन । शिविरमा ३० बर्ष देखी ६० बर्षको महिलाहरुलाई लक्षित गरी निशुल्क शिबिर संचालन गरिएको सुक्रौली स्वास्थ्य चौकी प्रमुख बलराम सापकोटाले बताउनु भयो । उहाँका अनुसार ११ गतेदेखी १७ गतेसम्म महिलाहरुलाई लक्षित गरी स्तन पाठेघरको मुख क्यान्सर तथा आङ खस्ने सम्बन्धी निशुल्क शिविर संचालनमा गरिएको जानकारी दिनु भयो ।

ADVERTISEMENT

अमरबन स्वास्थ्य चौकीले १८ जनालाई स्तन पाठेघरको मुख क्यान्सर तथा आङ खस्ने परीक्षण गर्दा १ जनामा पाठेघरको मुख क्यान्सर हुन सक्ने शंकास्पद देखिएको र एक जनामा आङ खस्ने पहिचान भएको, देवगाउँ स्वास्थ्य चौकीमा २४ जना महिलालाई परीक्षण गर्दा ३ जना पाठेघरको मुख क्यान्सर हुन सक्ने शंकास्पद देखिएको, दुई जनालाई आङ खस्ने समस्या देखिएको बताउनु भयो । त्यस्तै, हकुई स्वास्थ्य चौकीमा १८ जना महिलाहरुलाई परीक्षण गर्दा १ पाठेघरको मुखकाे क्यान्सर हुन सक्ने र दुई जनालाई आङ खस्ने समस्या देखिएको,सुक्रौली स्वास्थ्य चौकीकमा ३६ जना परीक्षण गर्दा दुई जनामा पाठेघरको मुख क्यान्सर हुन सक्ने शंकास्पद देखिएको सापकोटाले जानकारी दिनु भयो । उहाँको अनुसार स्वास्थ्य चौकीमा ७ जना परीक्षण गर्दा १ जनामा आङ खस्ने समस्या देखिएको र वडा न ११ मा रहेको आधारभूत स्वास्थ्य केन्द्रमा २४ जनालाई परीक्षण गर्दा १ जनामा आङ खस्ने समस्या देखिएको छ ।

पाँच दिनको तालिम लिई संचालन गरिएको शिबिरमा सिअनमी रम्भा चौधरी र सिअनमी गंगा भट्ठराईले परीक्षण गरेको स्वास्थ्य शाखाले जनाएको छ । धेरै बच्चा जन्माउने महिलाहरुको आङ खस्ने समस्या पाठेघरको मुखमा घाउ आउने मासु पलाउने सेतो पानी बग्ने समस्या परीक्षण गर्दा देखिएको स्वास्थ्यकर्मि गंगा भट्टराईले जानकारी दिनु भयो । नेपालमा सबैभन्दा पाठेघरको मुखको समस्या देखिने गरेको उहाँकाे भनाइ छ । पाठेघरको मुखको शंकास्पद देखिएकोलाई लुम्बिनी प्रदेशिक अस्पताल बुटवल पठाइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज