‘नेपालीलाई चिन्ने विविध विशेषतामध्ये हाम्रो कला, भाषा, संस्कृति र सभ्यता पनि हो’

Read Time = 4 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वमा नेपालीलाई चिन्ने विविध विशेषतामध्ये हाम्रो कला, भाषा, संस्कृति र सभ्यता पनि रहेको बाउनुभएको छ । आइतबार बिहान इन्ट्रा नेसनल वेलफेयर एण्ड सर्पोट फाउण्डेशनद्वारा आयोजित विश्वभरिका नेपाली प्रतिभाहरूसँगको भेटमा बोल्दै प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘हामी नेपाली र हाम्रो नेपालको पनि विश्वमा विशिष्ट पहिचान रहेको छ । नेपालीलाई चिन्ने विविध विशेषतामध्ये हाम्रो अलौकिक, कला, भाषा, संस्कृति र सभ्यता पनि हो ।’ गौतम बुद्धको जन्मस्थल तथा वैदिक सनातन धर्म र संस्कृतिको उद्गमस्थल नेपाल रहेको प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘विश्वको एक तिहाइभन्दा बढी जनसंख्याको आस्थाका धरोहर गौतम बुद्धको जन्मस्थल तथा वैदिक सनातन धर्म र संस्कृतिको उद्गमस्थल नेपालका हामी नेपाली त्यसैले पनि विश्वका सबैभन्दा धेरै भाग्यमानी नागरिक हौं । त्यसैले पनि विश्व मानचित्रमा हाम्रो अलग र उच्च अस्तित्व छ ।’

सो अवसरमा प्रधानमन्त्रीले देश निर्माणको अभियानमा बलियो साथ दिन युवा पुस्तालाई अपिल गर्नुभएको थियो । कार्यक्रममा विश्वका विभिन्न देश र नेपालका विभिन्न शहरमा अडिसनमा सहभागी भई झण्डै १७ देशका ५० हजारबाट छानिएका १२ जना प्रतिस्पर्धी सहभागी भएका थिए ।

ADVERTISEMENT

भेटमा प्रधानमन्त्री प्रचण्डले ‘एक पटकको नेपाली सधैको नेपाली’ प्रतियोगिताको थिम आफूलाई मनपरेको बताउनुभएको थियो । ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’का विदेशबाट आएका प्रतियोगी, निर्णायक र आयोजकलाई समेत राम्रो कार्यक्रम आयोजना गरेकोमा प्रधानमन्त्री प्रचण्डले धन्यवाद दिनुभएको थियो । भेटमा ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’मा विदेशबाट सहभागी प्रतियोगीले कार्यक्रमको अनुभव प्रधानमन्त्रीलाई सुनाएका थिए ।

प्रधानमन्त्रीसँग भेट्न कार्यक्रमको तर्फबाट अभिनेत्री मिथिला शर्मा, केकी अधिकारी, दीप श्रेष्ठ, सुरेश अधिकारी, अञ्जु पन्त, शिव परियारलगायतको करिब तीन दर्जन सहभागी हुनुभएको थियो । इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाले पहिलो पटक अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ आयोजना गरेको हो । प्रतियोगिताको मेरो भ्वाइस युनिभर्सको निर्णायक मण्डलमा सुरेश अधिकारी, शिव परियार, अञ्जु पन्त, सुजाता वर्मा, पुष्पन प्रधानलगायत रहनुभएको छ ।

त्यस्तै मेरो डान्स युनिभर्सको निर्णायक मण्डलमा मिथिला शर्मा, दिलिप रायमाझी, शंकर बिसी, केकी अधिकारी, प्रियंका कार्की र नरमन राईलगायत रहनुभएको छ । प्रतियोगीको विजेताले एक करोड, फष्ट रनअपले ३० लाख र सेकेण्ड रनरअपले २० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । सो कार्यक्रमको अन्तिम प्रतियोगिता भदौमा गोदावरीमा हुने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?