जुम्ला । जुम्लाको हिमा गाउँपालिका वडा नं. ५ मा रहेको बाजागाडा गाउँमा घरघरमै पानीको धारो पुगेपछि स्थानीयवासिमा खुसी छाएको छ । जिल्लाकै पहिलो ईनलाईन क्लोरिनेशन गरिएको पानी घरघरमा पुगेको छ । उक्त गाउँका एक सय ३६ घरधुरीमा शुद्धीकरणसहितको एकघर एकधारा पुगेको गाउँपालिका अध्यक्ष लक्ष्मण शाहीले जानकारी दिनुभयो ।
नेपाल सरकार,यूरोपियन यूनियन फिनल्याण्ड सरकारको सहयोग मार्फत् हिमा गाउँपालिकाद्धारा संचालित खानेपानी सरसफाई तथा स्वच्छता (सुष्वा) परियोजनाको ७६ लाख ७७ हजार ८६७ रुपैया लागतमा एकघर एकधारा निर्माण भएको परियोजना संयोजक सुमिता शाहीले बताउनुभयो । खानेपानी आयोजना निर्माणमा स्थानीय नागरिकको कुल लागतको २० प्रतिशत जनश्रमदान रहेको छ । परियोजनाले हिमा गाउँपालिकाभर,खानेपानी,सरसफाई तथा स्वच्छता र दिगोपनाका लागि काम गर्ने भएको छ ।
पुर्ण सरसफाईयुक्त पालिका बनाउने लक्ष्यसहित भौतिक संरचना निर्माण,मर्मत संभार तथा जनचेतना मुलक कार्यक्रम हुने संयोजक शाहीको भनाइ छ । सुष्वा परियोजनाको ७६ लाख लगानीमा निर्माण भएको बादाखोला खानेपानी तथा सरसफाई आयोजनाको सम्पन्न भई संचालनमा आएको हिमा गााउँपाकिका प्रमुख प्रशासकीय अधिकृत रण बहादुर बुढाले बताउनुभयो ।
अध्यक्ष लक्ष्मण बहादुर शाहीले हिमालाई खानेपानी,सरसफाई तथा स्वच्छतामा जिल्लाकै अब्बल पालिका बनाउने गरी सुष्वा परियोजना मार्फत् विभिन्न काम गरिने भएको छ । आफ्नो पाँच वर्षे कार्यकालमा हिमाका घरघरमा एकघर,एक धारो पुर्याउने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष शाहीको भनाइ छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts