वैद्यको मुक्तकसंग्रह ‘अन्त्यहीन यात्रा’ लोकार्पण

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । साहित्यकार सुरेशराज वैद्यको मुक्तकसंग्रह ‘अन्तहीन यात्रा’ लोकार्पण भएको छ ।

प्रतिनिधिसभाकी सदस्य रेखा यादवको प्रमुख आतिथ्यमा बानेश्वरस्थित रत्नराज्य स्कुलमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि यादवले साहित्यले सबैको मनको कुरा व्यक्त गर्ने हुँदा यस संग्रहमा पनि साहित्यकार वैद्यले यसरी नै सबैको भावना प्रस्तुत गर्नु भएको बताउनु भयो ।

साहित्यले राजनीतिलाई मार्गदर्शन गर्न सक्नुपर्छ उहाँले भन्नुभयो । कार्यक्रममा विशिष्ठ अथिति साहित्यकार तथा वरिष्ठ पत्रकार प्रा.पुरुषोत्तम दाहालले साहित्यकार राष्ट्रका गहना मात्र होइनन् राष्ट्रका स्पन्दन नै हुन् भन्नु उपयुक्त हुने धारणा राख्नुभयो ।

ADVERTISEMENT

गंगा आचार्य सेढाईंको सभापतित्वमा सम्पन्न कार्यक्रममा साहित्यकारहरू प्रा.डा. गोविन्दमानसिंह कार्की, विजयध्वज थापा, दुर्गा अधिकारी भमरकोटे, सरस्वती गौतम, गयानाथ सुवेदी, पुष्प रञ्जितकार, मदन नेपाल, गंगा लिगल, युवराज नयाँघरे, सोमनाथ लुइँटेल लगायतले शुभकमना मन्तव्य दिनुभएको थियो । बद्री उप्रेतीको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रममा लोकार्पित कृतिमाथि साहित्यका राजन न्यौपानेले समीक्षात्मक टिप्पणी गर्नुभएको थियो ।

सुशीला ढकालले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा गीता उप्रेती, संगीता सारथी, इन्दिरा रेग्मी, उक्तम भेटवाल, शम्भुप्रसाद गजुरेल, ध्रुव गजुरेल, नम्रता उप्रेती, सरस्वती अर्याल, सुमन धमला, तोयानाथ सुवेदी, कुसुम घिमिरे, मीना चौंलागाईं, सुस्मिता श्रेष्ठ लगायतले वैद्यको लोकार्पित उक्त पुस्तकका मुक्तकहरूको वाचन गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?