गुल्मी । मानव अधिकारका सवालमा सबै जिम्मेवार बन्नुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेशले गुल्मीको सदरमुकाम तम्घासमा आयोजना गरेको मानव अधिकार सम्बन्धि पाचौं राष्ट्रिय कार्ययोजना सम्बन्धमा सरोकारवालासंग अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले मानव अधिकारका सवालमा सबै जिम्मेवार जिम्मेवार हुनुपर्ने बताएका हुन् ।
त्यसअवसरमा जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोणबहादुर खत्रीले जिल्लामा पहिलो पटक मानव अधिकारका सवालमा कार्यक्रम भएको भन्दै मानव अधिकारका विषयमा आफु सधै प्रतिबद्ध रहने बताउनुभयो । स्थानीय, प्रदेश र संघलाई सबल र सक्षम बनाई मानव अधिकारसँग जोडेर काम गर्न जरुरी रहेको उल्लेख गर्दै उहाँले सकारात्मक सोच राखेर स्थानीय तहलाई प्रदेश र संघसँग जोड्न आफु समन्वयकारी भुमिका खेल्न चाहेको बताउनुभयो । स्थानीय तहले पुर्वाधारसंगै सामाजिक क्षेत्रमा पनि काम गर्न आग्रह गर्दै उहाँले सबैले दायित्व र जिम्मेवारलाई बुझेर मानव अधिकारको क्षेत्रलाई राम्रो बनाउन लाग्नुपर्ने बताउनुभयो ।
रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले मानव अधिकारको विषयमा आफु गम्भीर रहेको बताउनुभयो । उहाँले संविधानको भएको कुरालाई सबैले पालनासँगै कार्यान्वयन गर्ने हो भने सजिलै समुन्नत नेपाल निर्माण हुने बताउनुभयो । समाज सुधारको आवश्यक रहेको भन्दै संस्कार र संस्कृति सहितको लोकतन्त्रले मात्र मानव अधिकारको सम्मान हुने बताउनुभयो । समन्वय र सहकार्यसँगै सबैमा सकारात्मक भावनाको जरुरी रहेको उहाँको भनाइ छ ।
प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले मानव अधिकारको कार्ययोजना सबैले कार्यान्वयन गर्नपर्ने बताउनुभयो । कार्ययोजना अनुसार सबैले काम गरेमा मानव अधिकारको अवस्था सुधार्न सहयोग गर्ने भन्दै सेवा प्रवाहमा समेत मानव अधिकारको विषयलाई जोड दिएको उल्लेख गर्नुभयो ।
लुम्बिनी प्रदेशका कानुन सचिव राजेन्द्र थापाले सबैले राम्रो कामको सिको गर्न जुरुरी रहेको भन्दै राज्य जनताप्रति उत्तरदायी बन्नका लागि मानव अधिकारका सवालको अत्यन्तै आवश्यक रहेको बताउनुभयो । विकास निर्माणका काममा समेत मानव अधिकार जोडिएको भन्दै मानव अधिकारको संरक्षण र संवद्र्धनमा सबै जुट्नुपर्ने उहाँले बताउनुभयो ।
प्रदेश सरकारले अवलम्बन गर्ने नीतिगत विषयमा सुझाव दिने, मानव अधिकार उल्लंघन हुन नदिने उपायका बारेमा छलफल गर्ने, मानव अधिकारको वर्तमान स्थितिको लेखाजोखा गर्ने उदेश्यसहित तम्घासमा गरिएको अन्तरक्रियामा नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्यालले मानव अधिकारसँगै जिल्लामा भएका समसामयिक विषयमा जानकारी गराउनुभयो ।
त्यस्तै, न्याय परिषद्का पूर्व सदस्य पदम प्रसाद वैदिक, नेपाल नागरिक समाज गुल्मीका अध्यक्ष गुणानीधि शर्मा पाण्डे, नागरिक समाज गुल्मीका संयोजक पदमप्रसाद पाण्डेलगायतले मानव अधिकारका सवालमा जानकारी गराउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच