-सरोज निरौला
उदयपुर । उदयपुर जिल्लाको प्रमुख धार्मिक स्थलको रुपमा रहेको रौता पोखरी संगै जोडिएको त्रियुगा नगरपालिका वडा नं १५ ले गुँरास संरक्षण गर्ने उदेश्यले गुँरासको विरुवा रोप्ने अभियान सुरु गरेको छ । गुँरासलाई पायक पर्ने स्थान डहर रमिते, बाँझभिर र सल्लाहापाखाबाट गुराँस वन निर्माण गर्ने अभियानको त्रियुगा नगरपालिकाका मेयर वसन्त वस्नेतले गुँरासका बिरुवा रोपेर सुरुवात गर्नुभएको छ ।
गुँरासको समान वातावरण मिलाउन समान उचाइमा रहेका बिरुवाहरु ल्याएर गुँरास वन निर्माण गर्न लागिएको उहाँले बताउनु भयो । तीनजुरे क्षेत्रको हावापानी र उचाई हाम्रो यो धार्मिक क्षेत्रसँग मिल्दो जुल्दो छ यहाँ गुँरास वन निर्माण गर्न सके पर्यटन प्रवर्धन गरि दिगो पर्यटन हुनसक्ने मेयर बस्नेतको भनाई रहेको छ।
गुराँसको वन निर्माणका लागि आवश्यक बिरुवाहरु त्रियुगा उद्योग बाणिज्य संघले गुराँसको राजधानी भनेर चिनिने तेह्रथुमको तीनजुरे क्षेत्रबाट उपलब्ध गराएको हो । नगरपालिका, स्थानीय युवा र उद्योग बाणीज्य संघको पहलमा २२ प्रजातीका १ हजार गुँरासका बिरुवा तिन स्थानमा रोपेर गुँरास वनको निर्माण शुरु गरिएको छ।
तेह्रथुम, सङ्खुवासभा र ताप्लेजुङ जिल्लाको सङ्गमस्थल टिएमजे क्षेत्रको उचाई र यहाको उचाई, हावापानी मिल्दोजुल्दो भएका कारण यहाँ गुँरास वन निर्माण गर्न सकिने जिल्ला डिभीजन वन कार्यालय गाईघाटका वन अधिकृत जागेश्वर शाहले बताउनुभयाे । यस क्षेत्रको माटो हावापानी गुँरास वन निर्माणका लागि उपर्युक्त रहेकाले राष्ट्रिय फुलको रुपमा रहेको लालीगुँरासको प्रवर्धनमा जिल्ला डिभिजन वन सधै लागि पर्ने प्रतिबद्दता ब्यक्त गर्नुभयाे ।
पहिले जंगलमा लालीगुराँस रहेको तर संरक्षण नहुदा दाउराको रुपमा मान्छेले काट्ने र रुखहरु बुढा हुदै जाँदा जंगलबाट गुँरास लोप हुदै गएको र अब आफैँ फेरि लालीगुराँसको वन बनाउन लागि परेर पर्यटकीय हव बनाउने योजना अनुसार गुँरास वनको निर्माण गर्न लागिएको वडा अध्यक्ष गणेश तिमल्सिना बताउनुभयाे।
धार्मिक आस्थाको महत्वपूर्ण स्थान पनि भएकाले यहाँ लालीगुराँसको वन निर्माण गर्न सके पर्यटनको माध्यमबाट आम्दानी लिन सकिने स्थानीय बताउछन। गुँरासको हावापानी तीनजुरे क्षेत्र सँग यस क्षेत्रको हावापानी मिल्ने भएको हुँदा आफ्नो क्षेत्र पर्यटकीय क्षेत्रका रुपमा विकास हुनेमा स्थानीयले खुशी व्यक्त गरेका छन् ।
उदयपुरको मुख्य धार्मिकआस्थाको केन्द्र संगै रहेको यस क्षेत्रमा गुँरास वनको निर्माण गर्न सके उदयपुर, सिराहा, सप्तरी, खोटाङ, सुनसरी, मोरङलगायत छिमेकी देशका समेत भक्तालु र पर्यटक आउन सक्ने देखिन्छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts