ठाउँठाउँमा पहिरो, सन्धिखर्क गोरुसिंगे सडक अवरुद्ध

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

अर्घाखाँची । अविरल वर्षाका कारण पहिरो झर्दा अर्घाखाँची सदरमुकाम सन्धिखर्क जोड्ने प्रमुख बाटो सन्धिखर्क गोरुसिंगे सडक अवरुद्ध भएको छ।

सन्धिखर्क नगरपालिका वडा नं. ६ बहखोरमा गएराती पहिरो खसेपछि सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले जानकारी दिनुभयो ।

ADVERTISEMENT

गोरुसिंगे सन्धिखर्क सडकको सन्धिखर्क ६ कै दहखोला र शितगंगा १३ कोन्द्रेखोला नजिकै खसेको पहिरो हटाइसकिएको र बहखोरको सडकमा खसेको पहिरो पन्छाउने कार्य भइरहेको रिजालले जानकारी दिनुभयो ।

यसबाहेक विचविचमा साना ठूला पहिरोहरू झरेको र पन्छाउने क्रम जारी रहेको बुझिएको छ । सडक अवरुद्ध बनेपछि सन्धिखर्कबाट बाहिर जाने र बाहिरबाट सन्धिखर्क आउने यात्रुहरु बीच बाटोमै अलपत्र बनेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज