काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले देशका शासकहरुले भ्रष्टाचारको डंगुरमाथि बसेर शुद्धताको मन्त्र उच्चारण गरिरहेको टिप्पणी गर्नुभएकाे छ । काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले भ्रष्टाचारको ठूला काण्डमा शीर्ष नेताहरुको संलग्नता रहेको दाबी गर्दै उक्त टिप्पणी गर्नुभएकाे हाे ।
देशमा भ्रष्टाचार र वैदेशिक हस्तक्षेप बढेको बताउँदै उहाँले कुनै पनि दल भ्रष्टाचारबाट अछुतो नरहेको बताउनुभयाे ।
‘अहिले भ्रष्टाचार बढेर गएको छ । वैदेशिक हस्तक्षेप बढेर गएको छ । भ्रष्टाचारको डंगुरमाथि बसेर देशका शासकहरु शुद्धताको मन्त्र उच्चारण गरिरहेका छन्,’ उहाँले भन्नुभयाे, ‘भुटानी शरणार्थी प्रकरणलाई मात्रै हेर्नुभयो भने पनि हामीले बारम्बार भनेको कुरालाई पुष्टि हुन्छ। हामीले भन्यौं नेपालमा हुने सबै भ्रष्टाचारको काण्डहरुमा अहिलेका ठुला हुँ भन्ने सबै दलहरु संलग्न छन् । त्यो कुरा प्रमाणित भयो । कुनै दल चोखो छैनन्।’
ठूलो भ्रष्टाचारका फाइल खुलिरहँदा दोषीलाई बचाउने खेल भइरहेको आशंका गर्दै अध्यक्ष लिङ्देनले भन्नुभयाे, ‘ललिता निवास, नक्कली भुटानी शरणार्थी प्रकरण होस्, अहिले फाइल खोल्न बाँकी रहेको वाइटबडी प्रकरणमा होस्, प्रहरीले अनुसन्धान बढाएर जनदबाब बढेपछि सरकारमा बस्नेहरु एकातिर ठुल्ठुला कुरा गरिरहेका छन् । अर्कोतिर ठुला मान्छे र आफ्ना मान्छेलाई कसरी जोगाउँने भन्ने योजनामा लागिरहेका छन्।’







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts