रश्मिकाद्वारा पुष्पा-२को छायांकन सुरु

Read Time = 1 min

एजेन्सी । चलचित्र ‘पुष्पा २’ छायांकन सुरु भएको छ । अभिनेत्री रश्मिका मन्दानाले सामाजिक सञ्जालमार्फत यो चलचित्र सुरु गरेको जानकारी दिनुभएको छ । चलचित्र ‘पुष्पा : द राइज’को सिक्वेलको रूपमा निर्माण हुन लागेको हो । चलचित्रमा रश्मिकाको पहिलो पार्ट झै श्रीवल्लीको भूमिका छ । ‘पुष्पा २’का निर्देशक सुकुमार हुनुहुन्छ ।

ADVERTISEMENT

‘पुष्पा : द राइज’मा अल्लु अर्जुन मुख्य भूमिकामा हुनुहुन्थ्यो भने अपोजिट भूमिकामा रश्मिका हुनुहुन्थयो । दर्शकले दुवैलाई जोडी रुचाएका थिए । अब पनि रुचाउने अपेक्षा निर्माण युनिटको छ । रश्मिकाले केही दिनअघि रणवीर कपुरसँग ‘एनिमल’को छायाकन सकाउनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *