बुटवलको ज्योतिनगर पहिरो प्रभावित क्षेत्रमा वृक्षरोपण

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 2 mins

रुपन्देही । बुटवल–बुटवलको ज्योतिनगरमा वृक्षरोपण गरिएको छ । ज्योतिनगरको पहिरो प्रभावित क्षेत्र चेतना पासाङ टोल नजिकै जलदेवी माथिको भागमा वृक्षरोपण शुरु गरिएको हो ।

बिहीबार बिहान बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले वृक्षरोपणको शुरुवात गरी १ हजार ३ सय बिरुवा लगाउने बताउनुभयो। उहाँले ज्योतिनगर क्षेत्रको पहिरो प्रभावित क्षेत्रलाई सुरक्षित बनाउनका लागि नगरले ग्याबिन जाली लगाउने, कल्भर्ट बनाउने, रिटेनिङ वाल लगाउने र बाढी तर्काउने काम गरेको बताउनुभयो।

बिहीबार शुरु भएको वृक्षरोपण अभियान अन्तरगत १ हजार ३ सय बाँस र अम्रिसोका विरुवा सो क्षेत्रमा रोप्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो। ज्योतिनगर क्षेत्रको पहिरो नियन्त्रणका लागि संघ र प्रदेश सरकारसँग आवश्यक सहकार्य गर्ने बताउँदै उहाँले पहिरो प्रभावित क्षेत्रका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो।

ADVERTISEMENT

उपप्रमुख सावित्रादेवी अर्यालले पहिरो प्रभावित क्षेत्रका बस्ती सुरक्षित राख्नका लागि नगरले आवश्यक काम गरिरहेको बताउनुभयो। उहाँले नगरको बजेटबाट मात्रै पहिरो नियन्त्रण सम्भव नभएकाले संघ र प्रदेशले पनि विशेष चासो दिनुपर्ने बताउनुभयो।

गतवर्ष ५ सय विरुवा रोपिएको र अहिले १ हजार ३ सय विरुवा रोपेपछि पहिरो रोकथाममा सहयोग पुग्ने स्थानीय अमृत खड्काले बताउनुभयो। ज्योतिनगर क्षेत्र पासाङ टोल मिलन पथमा २ वर्षअघि आएको पहिरोका कारण ६ सय घर प्रभावित भएका छन्। पहिरो प्रभावित क्षेत्रमा बुटवल उपमहानगरपालिकाले पहिरो नियन्त्रणका लागि विशेष कार्यक्रम सञ्चालन गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?