विपद् जोखिम न्युनीकरणका लागि पूर्वतयारी आवश्यक

निरोज कोइराला भोजपुर, संवाददाता
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 4 mins

भोजपुर । बिपद्को समयमा हुन सक्ने जोखिम न्युनीकरणका लागि सवै सरोकारवालाले पूर्व तयारी गरिनु पर्ने भोजपुरमा भएको कार्यक्रमका सहभागिले बताउनु भएको छ ।

भोजपुरका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला बिपद् ब्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद घिमिरेको अध्यक्षतामा नेपाली सेनाले बिपद् न्युनीकरण तथा ब्यवस्थापनका बिषयमा गरेको अभिमुखीकरणका सहभागिले जोखिम जुनै बेला पनि हुन सक्ने भएकाले पूर्व तयारीका साथ सवै निकाय रहनु पर्ने धारणा राख्नु भएको हो ।

बिपद्का समयमा नेपाली सेनाले खेल्न सक्ने भुमिकाका बारेमा धारणा राख्नु हुदै भोजपुरमा रहेको श्री नयाँ श्रीनाथ गणका गणपति फडिन्द्र थापाले प्रमुख जिल्ला अधिकारीको समन्वयमा जोखिम न्युनीकरण सहित उद्धार र राहतका लागि गण पूर्व तयारी अवस्थामा रहेको बताउनु भयो । सेनाले स्थानीय पालिका र सरोकारवालाहरुका लागि गरेको दुई दिने अभिमुखीकरण र बिपद्को समयमा अपनाउनु पर्ने सावधानीका बिषयमा डेमोस्ट्रेसन सहितको कार्यक्रम गरेको छ ।

ADVERTISEMENT

बर्षातको समयमा भएकाले यसबाट हुन सक्ने क्षति र उद्धारमा पनि बिशेष ध्यान दिन आवश्यक रहेकाले विपद् जोखिम न्यूनिकरणको लागि नेपाली सेनाले ‘अभ्यास हालेमालो– ५’ सञ्चालन गरेको हो । गणको आयोजना तथा जिल्ला विपद् व्यावस्थापन समितिको संयोजनमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, रेडक्रस, उद्योग बाणिज्य संघ, स्थानीय तहका प्रतिनिधि र पत्रकारहरुको सहभागिता रहेको थियो ।

पूर्व तयारी र योजना निर्माणका लागि पनि यो कार्यक्रम प्रभावकारी भएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयो । सुरक्षा निकायमा कार्यरत सुरक्षाकर्मीहरु जोखिम स्थलमा तत्काल पुग्न नसक्ने भएकाले पहिलो चरणको उद्धार र जोखिम न्युनीकरणमा स्थानीय पालिकाहरुको महत्वपूर्ण भुमिका हुने भएकाले आवश्यक सामाग्री खरिद देखि लिएर स्थानीय स्तरमा स्वयम सेवक गठनको कार्य गरिनु पर्ने बताउनुभयो ।
सोक्रममा जिल्ला रेडक्रस सोसाईटी भोजपुरका प्रतिनिधी रमेश शाक्यले तत्कालका लागि २ सय परिवारलाई राहतका सामाग्री रेडक्रसमा मौन्दात रहेको बताउनुभयो । शाक्यले पाल, कम्वल, कपडा, भाडा वर्तन लगायतका सामाग्रीहरु रेडक्रससँग रहेको बताउनुभयो । पालिका प्रतिनिधीहरुले आफनो स्थानीय तहबाट बिपद ब्यवस्थापनका लागि भएका र गरिदै आएका कार्यहरुमा बारेमा सहभागिहरुलाई जानकारी गराउनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज