छोरी शिक्षा कार्यक्रम लागु गर्दै कालीकोटको खाँडाचक्र

मान बहादुर बिश्वकर्मा कालिकोट
मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 4 mins

कालीकोट । कालीकोटको खाँडाचक्र नगरपालिका वडा नम्बर-१ ले छोरी शिक्षा कार्यक्रम लागु गर्ने भएको छ । बुधवार बालबिवाह बिरुद्ध साझा अभियान कालीकोटको आयोजना र खाँडाचक्र नगरपालिको समन्वयमा योजना प्रक्रिया समन्वयात्मक बैठकमा वडा नम्बर-१ का वडा अध्यक्ष धर्मराज ताम्राकारले यस्तो बताउनु भएको हो ।

बढ्दो बालबिवाहलाई अन्त्य गर्ने, समाजमा हुँने लैङ्गिक हिंसालाई अन्त्य गर्ने, छोरी आत्म निर्भर बनाउने उद्देश्यले कार्यक्रम लागु गर्ने बताउदै उमेर पुगी बिवाह गर्ने दलित समुदायका युवतिहरुलाई नगद १० हजारसहित सम्मान गर्ने कार्यक्रम रहेको वडा अध्यक्ष ताम्राकारले जानकारी दिनुभयो ।

बालबिवाह बिरुद्ध साझा अभियान कालीकोटका संयोजक खडानन्द अधिकारीको अध्यक्षता, खाँडाचक्र नगरपालिकाका नगर प्रमुख कमल बहादुर शाहीको प्रमुख आथित्यता तथा नगर उप प्रमुख गणेश बहादुर शाहीको बिषेश आतिथ्यतामा भएको कार्यक्रममा आफ्नो भनाई राख्दै खाँडाचक्र नगरपालिकाका नगर प्रमुख कमल बहादुर शाहीले बालबिवाह सामाजिक तथा कानुनी हिसावले अपराध भएकाले यस्तो कार्यमा कोही भुलेर पनि नलाग्न अनुरोध गर्नु भयो ।

ADVERTISEMENT

साथै प्रमुख शाहीले आफ्नो नगरपालिकामा मात्र नभई बालविवाह सम्बन्धि चेतना मूलक कार्यक्रम अझैं कर्णाली प्रदेशमै आवश्यक रहेको बताउँदै बालबिवाह अन्त्यको लागि खाँडाचक्र नगर सरकार सधैं सकारात्म रहेकाले यसमा बालबिवाह बिरुद्ध साझा अभियान कालीकोटले सञ्चालन गरेको यस बालविवाह अन्त्यको महाअभियानमा सबैले साथ दिन आवश्यक रहेको बताउनु भयो ।

कार्यक्रमका बिषेश अथिती एवम् खाँडाचक्र नगरपालिकाका उप प्रमुख गणेश बहादुर शाही आकाशले बालविवाहको समस्या नेपालको तराई मधेस र पहाडि क्षेत्रमा बढि भएको बताउँदै शिक्षित समुदायमा भन्दा चेतना स्तर कम भएका, आर्थिक सामाजिक रुपमा पछि परेका दलित, गैरदलित, ब्राह्मण, समुदायमा बढी भएको आफूलाई महसुस भएको बताउनुभयो । उहाँले भन्नु भयो,- ‘अन्य समुदायमा पनि धेर थोरै समस्या छ, त्यसो त नेपाल विश्वमा बालबिवाह बढी हुने देश मध्ये दशौँ स्थानमा पर्दछ । दक्षिण एसियाली मुलुक मध्ये नेपालको बालविवाह र प्रजनन स्वास्थ्यका कारण मातृ मृत्युदर बढी भएको उपप्रमुख शाहीले बताउनु भयो ।’

नेपालको कानूनले बिवाह गर्ने उमेर २० वर्ष पुग्नैपर्ने अनिवार्य गरेको छ भने त्यसभन्दा कम उमेरमा गरिने बिवाहलाई गैरकानूनी मानेको छ । मुलुकी अपराध (संहिता) ऐन, २०७४ मा गरिएको व्यवस्था अनुसार, २० वर्ष नपुगी भएको बिवाह स्वतः बदर हुँनेछ । कसैले २० वर्ष उमेर नपुगी बिवाह गर्‍यो वा गरायो भने त्यस्तो व्यक्तिलाई तीन वर्षसम्म कैद ३० हजार सम्म जरिवाना हुँने व्यवस्था गरिएको छ । यद्यपि गाउँ-समाजमा अझैपनि बालविवाह रोकिन सकेको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?