संसदमा सरकारमाथिको विश्वास घट्यो : अध्यक्ष ओली

हिमालय टाइम्स कालिकोट, संवाददाता

फाईल तस्बिर

हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सरकारमाथिको विश्वास घटेको बताउनु भएको छ ।

बुधबार प्रतिनिधिसभामा मतदानमार्फत् बजेट पारित भएलगत्तै उहाँले सञ्चारकर्मीमाझ सो प्रतिक्रिया व्यक्त गर्नु भएको हो । अध्यक्ष ओलीले संसदमा प्रधानमन्त्रीमाथिको विश्वास ९९ दशमलव ९९ प्रतिशतबाट झरेर ५३ प्रतिशतमा पुगेको देखिएको बताउनु भयो । एमालेको माग अनुसार बजेट पारित गर्नका लागि प्रतिनिधिसभा बैठकमा मतदान भएको थियो ।

ADVERTISEMENT

ओलीले भन्नु भयो, ‘गठबन्धनसँग बहुमत थियो । बजेट पारित हुनु स्वभाविक हो । हामीले आफ्नो मत देखायौं । ९९ दशमलव ९९ प्रतिशतबाट ५३ प्रतिशतमा झ¥यो प्रधानमन्त्रीमाथिको विश्वास भन्ने त्यहाँ देखियो । अरु त्यसमा केही भनिरहनु परेन ।’

अध्यक्ष ओलीले सत्तारुढ दलहरुसँग बहुमत भएकाले बजेट पारित हुनुलाई आफूहरुले स्वभाविकै रुपमा लिएको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?