जिल्ला निर्वाचन कार्यालय खारेज गर्नेकुरा काँग्रेसले सोच्न सक्दैनः प्रमुख सचेतक लेखक

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले काँग्रेस निष्पक्ष निर्वाचनमा विश्वास गर्ने पार्टी भएकाले जिल्ला निर्वाचन कार्यालय खारेज गर्नेकुरा सम्भव हुन नसक्ने बताउनुभएको छ ।

मंगलावर संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले निर्वाचन आयोगलाई स्वतन्त्र, निष्पक्ष बनाउनुपर्छ भन्नेकुरामा सरकार र काँग्रेस जानकार रहेको बताउनु भयो । उहाँले निर्वाचन आयोगका कुनैपनि कार्यालय सरकारको कुनै निकायमा सार्ने कुरा हुन नसक्ने बताउनु भयो । उहाँले काँग्रेस अवाञ्छित गतिविधि गरेर निर्वाचन जित्नुपर्छ भन्ने मान्यता राख्ने पार्टी नभएको बताउनु भयो ।

ADVERTISEMENT

उहाँले भन्नुभयो, ‘सरकारले यो कुरा पटपटक भनेको पनि हो । निर्वाचन आयोगलाई स्वतन्त्र, निष्पक्ष बनाउनुपर्छ भनेको छ । निर्वाचन आयोगका कुराहरु सरकारको कुनै निकायमा सार्ने कुरै हुन सक्दैन । नेपाली काँग्रेसका लागि यो कुरा सह्य हुँदैन । हामी राज्य, सरकार र निर्वाचन आयोग बाहेकका निकायले निर्वाचन सञ्चालन गर्नुपर्छ, निर्वाचनमा अवाञ्छित गतिविधि गरेर निर्वाचन जित्नुपर्छ, भन्ने मान्यता नै राख्ने पार्टी होइनौँ । कुनैपनि घटनालाई अतिरञ्जित गराउनु हुँदैन, अहिलेको सरकारमा काँग्रेस छ, काँग्रेस निष्पक्ष निर्वाचनमा विश्वास गर्छ । त्यसका उदाहरण प्रशस्त छन्, यसलाई अन्यथा लिनु हुँदैन ।’

प्रमुख सचेतक लेखकले कुनैपनि घटना निष्पक्ष, स्वतन्त्र, पूर्वाग्रहीरहीत ढंगबाट छिनोफानो हुनुपर्ने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?