पानीपोखरी एकिकृत बस्तीका स्थानीयलाई लालपूर्जा वितरण

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

-नवराज शिवाकोटी

दोलखा । भीमेश्वर नगरपालिका वडा नम्बर एकमा निर्माण भएको पानीपोखरी एकिकृत बस्तीका स्थानीयहरुलाई जग्गाधनी पूर्जा वितरण गरिएको छ । मंगलवार एक कार्यक्रमकाे आयोजना गरी जग्गाधनी पूर्जा वितरण गरिएको हो ।

जग्गाधनी पूर्जा वितरण समारोहमा एकिकृत बस्तीका ५६ घरधुरीलाई भीमेश्वर नगरपालिकाका मेयर ईश्वरनारायण मानन्धरले जग्गाधनी पूर्जा वितरण गर्नुभयो । जग्गाधनी पूर्जा हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै मेयर मानन्धरले एकिकृत बस्तीमा खानेपानीको समस्या भएको गुनासो आएकोमा त्यस्को समाधान गरिदिने बताउनुभयो । साथै एकिकृत बस्ती सुनसान नपारी रोजगार मूलक काममा संलग्न हुन उहाँले आग्रह गर्नु भयो ।

सोही समारोहमा मालपोत कार्यालय दोलखाका प्रतिनिधि लेखनाथ चौलागाईंले सो बस्तीका घर धनीहरुका श्रीमान श्रीमतीकै नामामा संयुक्त जग्गाधनी पूर्जा निर्माण गरिएको तथा दश वर्ष सम्म विक्री वितरण गर्न नपाईने जानकारी दिनुभयो ।

ADVERTISEMENT

आम विनासकारी भुकम्प २०७२ मा वडा नम्बर एकको बोसिम्पा गाउँ तथा चानपुजेका स्थानीयहरुको घर भत्किई जग्गासमेत चिरा-चिरा परेपछि भू-गर्भ विदले ति ठाउँहरु बस्न अयोग्य बनेपछी स्थानीय पानिपोखरी चौरमा स्थानीयलाई एकिकृत बस्ती निर्माण गर्ने पूनर्निर्माण प्राधिकरणले निर्णय गरेको थियो । आवश्यक भौतिक पूर्वाधारको विकास गरेपछि सो ठाउँमा भवनहरु बनाईएको थियो ।

२०७६ सालमा एकिकृत बस्ती निर्माणकालागि जग्गा उपलब्ध गराउने तथा स्थानीयलाई लालपूर्जा उपलब्ध गराउने निर्णय गरिएको थियो । आफूहरुले लालपूर्जा पाएपछि बल्ल घर आफ्नै भए जस्तो लागेको एकिकृत बस्तीकी ७६ वर्षीय बुधमाया थामीले बताउनुभयो । पानीको समस्या भएको गुनासो गर्दै उहाँले आफूहरुको वसाई सहज बनाउन नगरले पानीको ब्यवस्था मिलाई दिन आग्रह गर्नु भयो ।

एकै आकार प्रकारका ५६ वटा तीनकोठे भवन एकिकृत बस्तीमा निर्माण गरिएको छ । यसैगरी सार्वजनिक हल तथा खुल्ला क्षेत्रसहित सो बस्तीमा निर्माण गरिएको छ । जिल्लामा भुकम्प पछिको पूनर्निमाणका क्रममा भीमेश्वर नगरपालिका वडा नम्बर एक र वडा नम्बर चारमा एकिकृत नमुना बस्तीको निर्माण गरिएको थियो । सो मध्ये वडा नम्बर एकमा जग्गाधनी पूर्जा वितरण गरिएको छ भने वडा नम्बर चारको जिलु एकिकृत बस्तीको भने हाल सम्म पूर्जा वितरण हुन सकेको छैन । जिलु एकिकृत बस्तीको पनि पूर्जा निर्माण प्रकृयामा रहेको जिल्ला मालपोत कार्यालय दोलखाले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 Comment
  1. वास्तवमा पाउने ५२ हो कि ५६ हो कुन समाचार पत्याउने हामीले।

रिलेटेड न्युज