निर्वाचनको कामलाई सिडिओ कार्यालयको छायाँका रुपमा रुपान्तरण नगरियोस्ः सांसद थापा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । नेकपा (एमाले)का सांसद सूर्यबहादुर थापाले निर्वाचनको कामलाई जिल्ला प्रशासन कार्यालयको छायाँको रुपमा रुपान्तरण नगर्न चेतावनी दिनुभएको छ ।

मंगलवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद थापाले जिल्ला निर्वाचन कार्यालय र तथ्यांक कार्यालयलाई खारेज गर्ने निर्णय लोकतन्त्र बिरोधी रहेको बताउनु भयो । उहाँले लोकतन्त्रमा निर्वाचनको निष्पक्षता हुने भन्दै संविधान बमोजिम व्यवस्था भएको आयोगलाई खारेज गर्नु नहुने बताउनु भयो । उहाँले निर्वाचनलाई निष्पक्ष बनाउने प्रत्याभुतिसहित निर्वाचन आयोगले काम गर्न पाउनुपर्ने बताउनु भयो ।

ADVERTISEMENT

उहाँले भन्नुभयो - ‘अर्थमन्त्रीजीको धेरै ध्यानाकर्षण गरायौँ । यहाँसम्म आइपुग्दा धेरै पटक भन्यौँ तर यो सुनुवाई भएन । त्यसो भएको हुनाले आज हाम्रो दलको तर्फबाट जिल्ला निर्वाचन कार्यालय र जिल्ला तथ्यांक कार्यालय खारेज गर्ने जुन निर्णय भएको छ, यो गलत छ । यो लोकतन्त्र विरोधी छ । लोकतन्त्रमा निष्पक्षताको सुनिश्चितता र प्रत्याभुतिको मुल मर्म विपरित छ । यस कुरालाई नसच्याएसम्म, लोकतन्त्रमा निर्वाचनको निष्पक्षताको जुन महत्व हुन्छ, यो कुरालाई आत्मसात् नगरेसम्म अरु कुरा गर्नु भनेको बेकारको कुरा हुन्छ । बेकारको कुरामा सदनले लगाम लगाउनुपर्छ र निर्वाचनलाई निष्पक्ष गराउने कुराको प्रत्याभुति हामीले छुट्टै निर्वाचन आयोगको व्यवस्था संविधान बमोजिम गरेका छौँ । त्यस अन्तर्गत नै देशभरी निर्वाचन सँग सम्बन्धित कामहरुलाई छुट्टै कार्यालय स्वतन्त्र रुपमा गर्नेगरी निर्वाचन आयोगको, निर्वाचनको कामलाई सिडिओ कार्यालयको छायाँका रुपमा रुपमा रुपान्तरण गर्ने काम नगरियोस् भन्नका निम्ति यो कुरा जोडदार रुपमा, यो विषयमा सभामुखज्युको रुलिङ चाहिन्छ । अर्थमन्त्रीज्यूले स्पष्ट पार्नुपर्छ । खारेज गर्नुपर्छ । तबमात्र सदनको काम अगाडी बढ्छ ।’

उहाँले जिल्ला निर्वाचन कार्यालय खारेजी नगर्न सभामुखको रुलिङको माग गर्नुभयो भने सरकारलाई संसदको लगामको आवश्यकता रहेको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज