इलाम नगरपालिकाले बनायो खुला व्यायामशाला

प्रकाश नेपाल इलाम, संवाददाता
प्रकाश नेपाल इलाम, संवाददाता
Read Time = 3 mins

इलाम । इलाम नगरपालिकाले आफ्नै लगानीमा खुला व्यायामशाला निर्माण गरेको छ । ‘स्वस्थ जीवन बाचौ’ अभियान लिएर नगरले वडा नं. ७ को महेन्द्र रत्न बहुमुखी क्याम्पस परिसरमा सो व्यायामशाला निर्माण गरेको हो । बिहान ‘मर्निङ वाक’ गर्ने नगरवासी साथै क्याम्पस पढ्न आउने बिद्यार्थीका लागि खुला व्यायामशालाले सुविधा थपेको छ ।

व्यायामशालामा कुनै शुल्क तिर्नु पर्दैन । सदरमुकाममा रहेको महेन्द्र रत्न बहुमुखी क्यामपसको जग्गामा निमार्ण गरिएको खुला व्यायामशाला मंगलबार बाट सञ्चालनमा ल्याइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश कुमार खड्काले बताउनुभयो । सो निर्माणमा नगरपालिकाको ८ लाख रूपैयाँ खर्च गरेको छ । व्यायामशालाका सामान सुरक्षित बनाउन कम्पाउड वालले घेरिएको छ ।

ADVERTISEMENT

रोग लाग्नुभन्दा रोकथामको उपाय गर्नु ठीक हुन्छ भन्ने मान्यताका आधारमा व्यायामशाला बनाएको नगरपालिका प्रमुख केदार थापाले बताउनुभयो । नगरप्रमुख थापाले भन्नुभयो, ’बढ्दो शहरीकरणसँगै खुला ठाउँको अभाव भइरहेको बेला शारीरिक व्यायाम गर्ने स्थान छैन । निजीरूपमा व्यायामशाला निर्माण गर्न खर्चिलो हुने देखेर साथै क्यामपसलाई समेत मध्यजर गर्दै यहाँ पढ्न आउने बिद्यार्थीलाई समेत टेवा पुग्ने हिसाबमा खुल्ला व्यायामशाला निर्माण गरेका हौँ ।’

व्यायामशालामा विभिन्न आधुनिक उपकरण राखिएको छ । व्यायामशाला युवादेखि बृद्धासम्मका लागि खुला गरिएको छ । खानपान र जीवनशैलीमा आएको परिवर्तनले व्यक्तिमा विभिन्न प्रकारको दीर्घरोग बढिरहेको अवस्थामा स्वस्थ जीवन जिउनका लागि नियमित शारीरिक अभ्यासमा व्यायामशालाले उत्प्रेरित गर्ने नगरप्रमुख थापाको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज