‘द सेक्रेटस् अफ राधा’ उत्कृष्ट

Read Time = 4 mins

काठमाडौंं । चलचित्र ‘द सेक्रेटस् अफ राधा’ले नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट फिचर कथानक चलचित्र तर्फको अवार्ड जितेको छ । अमेरिकाको वासिंटन डिसी मेरिल्याण्डस्थित एएफआई सिल्भर थियटरमा आयोजित नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको छैटौं संस्करणमा सुवर्ण थापा निर्देशित यो चलचित्रले उक्त अवार्ड हात पारेको हो ।

महोत्सवमा सुजित बिडारीले निर्देशन गरेको चलचित्र ‘ऐन झ्लायको पुतली’ र पाकिस्तानी निर्देशक साइम सदिकले निर्देशन गरेको जोयलेण्डले मानार्थ पुरस्कार प्राप्त गरेको छ । यसैगरी उत्कृष्ट छोटो कथानक चलचित्र पुरस्कार सन्तोष दाहालको ‘द मिराज’ले प्राप्त गरेको छ, भने सूर्य शाहीद्वारा निर्देशत ‘ह्वील्स अन द बस’ले मानार्थ पुरस्कार प्राप्त गरेको छ ।

त्यस्तै महोत्सवमा उत्कृष्ट फिचर वृत्तचित्र पुरस्कार सनी लियुद्वारा निर्देशत ‘पियोना म्यान’ र अमेरिकी निर्देशक न्यान्सी स्पेस्डेनले निर्देशन को ‘पासाङ : द स्याडो अफ एभरेष्ट’ प्राप्त गर्दा सचिन घिमिरेले निर्देशन गरेको वृत्तचित्र ‘इन्टू द मिस्ट’ले मानार्थ पुरस्कार प्राप्त गरेको छ ।

वृत्तचित्र विधातर्फ उत्कृष्ट वृत्तचित्रको पुरस्कार श्रीष् कुँवरद्वारा निर्देशित ‘मेरो बुबा’ले प्राप्त गरेको छ भने भारतका मिधुनजी बाबुको ‘डु डक्स माइग्रेन’ले मानार्थ पुरस्कार पाएको छ ।

ADVERTISEMENT

महोत्सवले प्रदान गर्ने इम्पावरमेन्ट अवार्ड अस्कर अवार्डमा नोमिनेशन भएको चलचित्र ‘कमिङ आउट विद द हेल्प अफ टाइम मेसिन’ले प्राप्त गरेको छ भने ‘ह्वेर द विण्डो डाइ’ले फ्रिडम अफ एक्स्प्रेशन अवार्ड प्राप्त गरेको छ । महोत्सवका निर्णायक अमेरिकाका निना स्टा«इक, रेबेका बुस्तमान्ते र इरानका फरिद बोजमेरले विभिन्न ११ देशका ३७ वटा चलचित्रमध्येबाट ती चलचित्र पुरस्कारका लागि छनौट गर्नुभएको थियो ।

गत बिहीबार रेड कार्पेटसहित ऐना झ्यालको पुतलीको प्रदर्शनबाट सुरु भएको महोत्सवमा नायक राजेश हमाल, सहयोगी संस्था ग्लोबलपिस फिल्म फेस्टिबलका प्रतिनिधि, अमेरिकामा रहेका नेपाली चलचित्रकर्मी, मेरिल्याण्ड गभर्नस् अफिस, मेरिल्याण्ड फिल्म अफिस, मेरिल्याण्ड पाक्र्स् एण्ड रिक्रियशनका फिल डेभिसलगायतको उस्थिति थियो ।

महोत्सवको छैटौं संस्करण सफलतापूर्वक सम्पन्न भएको नेपाल-अमेरिका चलचित्र समाजका अध्यक्ष पूर्ण सिंह बराइलीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *