घुस लिएको अभियोगमा मुद्दा दायर

रासस
रासस
Read Time = 1 min

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रूपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणि मरासिनीसमेत तीनजना विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार उनीहरूलाई नदीजन्य पदार्थको बिक्री आदेशको म्याद थप तथा बिक्री आदेश दिने प्रयोजनका लागि सेवाग्राहीसँग रु ५० हजार बराबरको घुस लिँदै गरेको अवस्थामा केही दिन पहिले पक्राउ गरिएको थियो ।

ADVERTISEMENT

आयोगले  प्रमुख प्रशासकीय अधिकृत मरासिनी, वडा नं ७ का वडाअध्यक्ष भीमबहादुर यादव र विचौलिया विनोद भरलाई समेत समान बिगो माग गर्दै आजै विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?