शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्दै स्वामीकार्तिकले ल्यायो ३५ करोड बढीको बजेट

मान बहादुर बिश्वकर्मा कालिकोट
मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 10 mins

बाजुरा । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाले आगामी आर्थिक वर्षका लागी ३५ करोड ८९ लाख २१ हजार बजेट ल्याएको छ ।

गाउँपालिकामा संघीय र प्रदेशसरकाबाट प्राप्त राजश्व बाँडफाँड, वित्तीय समानिकरण अनुदान, संघीय सरकार सर्शत अनुदान, समपूरक र बिशेष अनुदान र गाउँपालिकाको आन्तिरक स्रोत गरि ३५ करोड ८९ लाख २१ हजारको प्रस्तावित बजेट ल्याएको हो ।

गाउँपालिका उपाध्यक्ष मैना जोशीले प्राकृतीक विपद् तथा जोखिम न्यूनीकरण, ब्यवसायीक कृषि उत्पादनमा आधारित, स्वास्थ्य क्षेत्र र शिक्षा क्षेत्रमा सुधार केद्रीत हुँने गरि बजेट विनियोजन गर्नुभएको हो ।

गाउँपालिका अध्यक्ष भरत बहादुर रोकायाले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा गत चालु आर्थिक वर्षदेखि हालसम्म गाउँपालिकाले गरेका प्रमुख उपलब्धिको बारेमा संक्षिप्त विवरण र भौतिक जानकारी गराउनुभएको थियो ।

चालु आर्थिक वर्षमा ४ किलोमटि ट्रयाक खोलिएको र वर्षातका कारण क्षति भएका करीब ४० किलोमिटर सडक मर्मत र सुधार गरिएको र सबै वडामा सडकको पहुँच पुगेको बताउनुभयो । गाउँपालिकामा ७ वटा विद्यालयका २४ कोठे भवन निर्माण देखि १० शैयाको अस्पताल निर्माणाधीन अबस्थामा रहेको बताइएको छ । माध्यामिक शिक्षा कक्षा ११ र १२ सम्म निःशुल्क पठनपाठन हुँने ब्यवस्थाको लागु र पालिकालाई पूर्ण खोपयूक्त र साक्षरता घोषणा गरिएको पालिका अध्यक्ष रोकायाले जानकारी गराउनुभयो ।

स्वामीकार्तिक गाउँपालिकाले चालु तर्फ २५ करोड ९५ लाख ११ हजार र पुजिँगत तर्फ ९ करोड ९४ लाख १० हजार विनियोजन गरेको छ । शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई, युवा तथा खेलकुद र लैगिंक समानता तथा सामाजिक समावेशिकरणलाई प्राथमिकता राखेर बजेट छुट्याएको हो ।

स्वामिकार्तिकले प्रशासनिक तर्फ ८ करोड, ९७ लाख ११ हजार १ सय, भौतिक पुर्वाधार विकाश तर्फ ६ करोड ४ लाख ४० हजार, आर्थिक विकास तर्फ ३ करोड ७४ लाख १० हजार, सामाजिक विकास तर्फ १५ करोड ९ लाख ९४ हजार र सुशासन तथा अन्तर सम्बन्धित क्षेत्र तर्फ २ करोड ४ लाख २६ हजार रकम विनियोजन गरिएको पालिका अध्यक्ष भरत बहादुर रोकायाले बताउनुभयो ।

चालु आर्थिक वर्षमा भए गरेका प्रमुख उपलब्धीलाई आधार मानेर आगामी आर्थिक वर्षमा सञ्चालित हुँने प्रस्तावित कार्यक्रम सहित नीति तथा कार्यक्रम तय गरिएको सोही बमोजित बजेट प्रस्ताव गरिएको प्रमुख प्रशासकिय अधिकृत अमर बहादुर रोकायाले जानकारी दिनुभयो ।

ADVERTISEMENT

सामुदायिक विद्यालयलाई शैक्षिक सुधार तथा स्तरउन्नती गर्ने, सामुदायिक विद्यालयमा स्वामीकार्तिक दर्पण स्थानीय पाठ्यक्रम प्रकाशन गरी लागु गर्ने, विद्यालय बाहिर रहेका र बीचमै विद्यालय छोड्ने बालबालिकालाई विद्यालय शिक्षा पुरा गर्न प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्ने नीति लिएको छ । साथै गाउँपालिकाले एक मावि एक करेसावारी कार्यक्रम लागु गर्ने, माध्यामिक विद्यालयमा चौकीदारको व्यवस्था, एसईई र १२ कक्षामा उत्कृष्ट विद्यार्थी र उत्कृष्ट दलित छात्र छात्रालाई छात्रवृत्तिको व्यवस्था गरिने नीति लिएको छ ।

सुत्केरी आमासँग उपाध्यक्ष कोशेली कार्यक्रमलाई निरन्तरता दिएको छ । स्वास्थ्य संस्था र वर्थिङ्ग सेन्टरमा नियमित गर्भजाचँ र प्रसुति गर्ने आमालाई एक मुष्ट २ हजार नगर दिने, सुत्केरी तथा दुर्घटनामा परेका विरामीलाई निशुल्क एम्वुलेन्स सेवा, गर्भवती आमालाई स्वास्थ्य संस्थामा पुर्‍याइ सुत्केरी गराए वापत महिला स्वास्थ्य स्वयम सेविकालाई थप ५ सय प्रदान गर्ने नीति अघि सारेको छ ।

७० वर्ष भन्दा माथिका जेष्ठ नागरीकलाई घरमै पुगी स्वास्थ्य चेकजाचँको ब्यवस्था, विपन्न नागरीकलाई निशुल्क स्वास्थ्य एम्वुलेन्स सेवा, दिर्घ रोगीलाई निशुल्क औषधिको ब्यवस्था, सिमान्तकृत तथा पछाडी परेका समुदायलाई निशुल्क स्वास्थ्य विमा गरीने र यसै आर्थिक वर्षबाट गाउँपालिकामा पालिका स्तरीय अस्पताल सञ्चालन गर्ने नीति लिएको छ ।

एक घर, एक धारा र एक शौचालय, निमार्णको समेत नीति लिइएको पालिकाले संस्कार, सभ्यता र संस्कृतिको संरक्षण गर्ने, पालिकामा खेल मैदान निमार्णका लागि पहल गर्ने, युवालाई विदेश हैन, विजनेस भन्ने भावना जागृत गर्दै स्वरोगजार बनाउने, गाउँपालिकाको मुक्तिकोट वस्तीको बेरोजगारी, कुपोषण र भोकमरीलाई न्युनिकरण गर्न अध्यक्ष रोजगार कार्यक्रम लागु गर्ने, अपाङ्गता भएका व्यक्तिलाई भत्ताको व्यवस्था, हिंसा मुक्त गाउँपालिकाको अभियान हाम्रो पहिचान, अभियान सञ्चालन गरी सबै प्रकारका हिंसा विरुद्ध शुन्य सहनशिता नीति लिएको छ ।

गाउँपालिकाले एक घर एक दुहुनु गाई अवधारण लिदै स्थानीय स्तरमा उत्पादन हुने दुधलाई बजारीकरण गर्ने, युवा व्यवसायिलाई अनुदानमा सहयोग, स्थानीय सरकार कृषीको सहयोगी भन्ने नाराका साथ रैथाने बालीको संरक्षण, खेती विस्तार र बजारीकरणका लागि व्यवस्था, योगदानमा आधारीत कृषक पेन्सन लागु, कृषि एम्बुलेन्स सञ्चालन, स्थानीय खाद्य संकलन तथा विक्रीका लागि कोशेली घर स्थापना गर्ने नीति पारित गरेको छ ।

हरियो वन, स्वामीकार्तिकको धन भन्ने नारालाई आत्मसाथ गर्दै एक घर, एक वृक्षारोपण कार्यक्रम सञ्चालन गर्ने, पालिका देखि भैरवथान सम्मको ११ किलोमिटर र वडा नं ४ र ५ को वडा कार्यालय सम्मको सडकलाई ग्राभिल गर्ने, वडा नं दुईको माझ गाउँ सम्मको कर्णाली छालको सडक र भुकाहाँ देखि फयाल गाउँ सम्मको सडकको टयाक खुल्ला गर्ने गरे बजेट विनियोजन गरेको छ ।

भोकै रहेकालाई एक छाक मिठो खानु भन्दा जीवनभर बाँच्न पुग्ने सिप सिकाउने, अनुसाशित, लगनशिलताका आधारमा उत्कृष्ट काम गर्ने एक पुरुष र महिला कर्मचारीलाई नगद १५ हजार सहित सम्मान गर्ने, पालिकामा आपत्कालिन केन्द्र सञ्चालन, रेडियो र टेलिभिजनसँगको सहकार्यमा हाम्रो गाउँपालिका कार्यक्रम प्रसारण गर्ने, धार्मिक, साँस्कृतिक र मानव जनजीवनका विषयवस्तुमा लेख लेख्ने पत्रकारलाई पुरस्कृत गर्ने निति तथा कार्यक्रममा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?