पशुपतिनाथको जलहरीबारे संसद्मा सत्यतथ्य जानकारी गराउन माओवादीको माग

हिमालय टाइम्स कालिकोट, संवाददाता

फाइल तस्बिर

हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले पशुपतिनाथ मन्दिरमा राखिएको जलहरीबारे सदनलाई सत्यतथ्य जानकारी दिन माग गर्नुभएकाे छ ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उहाँले जलहरीबारे भइरहेको गतिविधिबारे जानकारी माग्नुभएकाे हाे । आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहितको टोलीले जलहरीको तौल र सुन भए नभएकोबारे अनुसन्धान गर्न भन्दै पशुपतिनाथ पुगेको थियो ।

ADVERTISEMENT

सोही प्रसङ्गलाई लिएर सोमबार संसद बैठकमा सांसद पौडेलले भन्नुभयाे-, ‘भएको के हो ? आज पशुपति क्षेत्र विकास कोष, नेपाल प्रहरी, सुरक्षा निकाय, सुनचाँदी व्यवसायी संघ, गुणस्तर तथा नापतौल विभाग, पुरातत्त्व विभाग, खानी तथा भूगर्भ विभाग र जनप्रतिनिधिहरूले त्यहाँको सुनको खोजी गरेर जोख्दै हुनुहुन्छ भन्ने सुनेका छौँ । कति सुन हराएको हो ? कति सुन बाँकी छ ? के स्थिति छ ? यो कुनै ट्रकमा ल्याएको सामग्री जोख्ने कुरा होइन । सदन (संसद्मा) सत्यतथ्य जानकारी गराउन सम्माननीय समामुखमार्फत् सम्बन्धित निकायलाई अनुरोध गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?