रुवीभ्यालीको गाउँसभा अधिवेशनमा झडप

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 1 min

धादिङ । उत्तरी धादिङको रुवीभ्याली गाउँपालिकाको १३ औं गाउँसभा अधिवेशनमा झडप भएको छ ।

आइतबार गाउँपालिका कार्यालय सेर्तुङमा सुरु भएको १३ औं गाउँसभाको अधिवेशनको क्रममा सामान्य विवाद उत्पन्न हुँदा झडप भएको हो । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुले विद्यालयमा पढाइरहेका शिक्षकलाई स्रोत व्यक्तिमा नियुक्त गरेको भन्दै विवाद उत्पन्न भएको थियो । शिक्षकलाई कुन आधारमा स्रोत व्यक्तिमा नियुक्ती गरिएको र जनप्रतिनिधिले एकलौटी हिसावमा यस्तो कार्य गर्न पाइदै भन्दै जनप्रतिनिधि विरुद्ध स्थानीय बासिन्दाहरुले विभिन्न नारा समेत लगाएका थिए ।

ADVERTISEMENT

यस्तै स्थानीयहरुले गाउँसभा भइरहेको मञ्चमा समेत तोडफोड गरेका छन् । झडपमा परी केही जनप्रतिनिधिहरु समेत घाईत भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज