बेनिघाटबाट ६१३ किलो गाँजासहित एक भारतीय नागरिक पक्राउ

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 2 mins

धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिका ९ मझिमटार चोकबाट ठुलो परिमाणमा लागुऔषध गाँजासहित पक्राउ परेका एकजना भारतीय नागरिकलाई प्रहरीले सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा भारतको विहार मोतिहारी जिल्ला नगदाहग्राम बस्ने २७ बर्षिय राजिब तिवारी भन्ने राहल तिवारी रहेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डिएसपी सन्तुलाल प्रसाद जैसवारले जानकारी दिनुभयो ।

शनिबार काठमाडौँबाट भारततर्फ जाँदै गरेको कन्टेनरलाई चेकजाँच गर्ने क्रममा ६१३ किलो ७१० ग्राम लागुऔषध गाँजासहित राहल पक्राउ परेको उहाँले बताउनुभयो । लागुऔषध तस्करहरुले मकवानपुर र धादिङको दक्षिणी बेल्टतिर अबैध रुपमा उत्पादन तथा सञ्चय गरेको गाँजाहरु ईन्डियन ट्रकमा लुकाई छिपाई लैजान लागेको भन्ने बिशेष सूचनाको आधारमा मझिमटार चेक पोष्टबाट उक्त डिब्बा कन्टेनरलाई चेकजाँच गर्दा चालकको सिट भन्दा माथि फल्स बटम बनाई लुकाएको अवस्थामा फेला परेको सूचना अधिकारी जैसवारले बताउनुभयो ।

ADVERTISEMENT

पक्राउ परेका तिवारीलाई सोधुपुछ गर्दा उक्त गाँजा भारतको मोतिहारी लैजान लागेको बताएका र यस कार्यमा संलग्न अन्य अभियुक्तहरुको खोजतलाससँगै अनुसन्धान भईरहेको सूचना अधिकारी जैसवारले बताउनुभयो ।

यसैगरी शनिबार नै धादिङ गजुरी गाउँपालिका वडा नं ६ आदमघाटबाट २ किलो ५०० ग्राम गाँजासहित गल्छी गाउँपालिका वडा नं ४ बस्ने २५ बर्षिय शंकर मिजार पक्राउ परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *