हुम्ला । हुम्लाको सिमकोट गाउँपालिकाले आर्थिक बर्ष २०८०/०८१ को निति तथा कार्यक्रम सार्बजनिक गरेको छ । सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारी (प्रतिरोध)ले आर्थिक बर्ष २००/२०८१ को निति तथा कार्यक्रम प्रस्तुत गर्नुभएकाे हाे ।
शनिबार सिमकोट गाउँपालिकाको सातौं गाउँसभाको आयोजना गरिएको नीतिमा १६ वटा क्षेत्रलाई प्राथमिकता दिएर नीति प्रस्तुत गरिएको छ । शिक्षा स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै सिमकोटको नीति तथा कार्यक्रम प्रस्तुतः आगामी वर्षदेखि भवन मापदण्ड लागु गर्ने नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
चालुआर्थिक वर्षका सुत्केरीका लागि पोषण थैली, रैथाने बाली (चिनो, कागुनो, सिमीदेखि)को बजार व्यवस्थापन जस्ता कार्यमा नयाँ कार्यक्रम लागु गरेको सिमकोटले पालिकाको सरसफाईमा परिचलान गर्न नगर प्रहरी गठन गर्ने, सिमकोट भएर कैलास मानसरोवर तिर्थ जाने तिर्थालुहरुलाई एक दिन सिमकोटमै बस्ने वातावरण तयार पार्ने नीति सिमकोटले लिने भएको छ ।
‘उच्च हिमाली, विविधतायुक्त, व्यापारिक र पर्यटकीय सहरः समृद्ध हाम्रो सिमकोट नगर” बनाउने दीर्घकालिन सोच, नेपाल सरकारको पन्ध्रौ योजना, दिगो विकासका लक्ष्य, संघ र प्रदेश सरकारको बजेट तथा प्राथमिकता र गाउँबासीका आधारभूत आवश्यकता पुरा गर्ने अभियानप्रति पूर्ण प्रतिबद्ध सिमकोटले १६ वटा गाउँपालिकाका नीति तथा कार्यक्रमका प्राथमिकताका आधारमा नीति तय गरेको गाउँपालिकाका अध्यक्ष बिजय भण्डारी (प्रतिरोध)ले बताउनुभयो ।
‘समृद्धीको मुल आधार, सुरक्षित गाउँ सडक विस्तार”, ‘सुरक्षित आवास र व्यवस्थित निवास’, ‘एक गाउँ एक विशेष उत्पादन’, शिक्षालाई सिपसँग, सिपलाई श्रमसँग, जस्ता नारासहितको नीति तथा कार्यक्रम ल्याएको सिमकोटले विद्यालयका प्रधानाध्यापकलाई खुला प्रतिष्पर्धाबाट ल्याउने नीति अघि सारेको छ ।
पालिकामा सञ्चालित सञ्चार माध्यमलाई सूचिकरण गरेर व्यवस्थित गर्ने नीति अघि सारेको सिमकोटले आगामी वर्ष शाक्षर गाउँपालिका घोषणा कार्यक्रम जस्ता नीतिलाई अघि सारेको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts