जुम्ला । जुम्लाको सिंजा गाउँपालिकाले पालिका भित्रका महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल वितरण गरेको छ ।
बिरामी र महिला स्वास्थ्य स्वयंसेविकाबीचको स्वास्थ्य सम्बन्धी सूचना प्रवाहमा सहजता ल्याउने उद्देश्यले शनिबार ७४ जना महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोसाहान स्वरुप मोबाइल वितरण कार्यक्रम गरेको सिंजा गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख ललित रोकायाले जानकारी दिनुभयो ।
यहाँको ग्रामीण भेगमा मातृ शिशु मृत्युदर कम गर्न गर्भवती महिलाको सुरक्षित स्वास्थ्य जाँच गरी सुरक्षित सुत्केरी बनाउन पालिकाको उद्देश्य रहेको स्वास्थ्य शाखाका प्रमुख ललित रोकायाले भन्नुभयो,“ गर्भवती महिलाको गर्भ जाँचमा थप टेवा पु-याउनका लागि मातृ स्वास्थ्य सुरक्षा समन्वयका लागि उक्त स्वास्थ्य कार्यक्रम प्रभावकारी हुने छ। ”
आगामी दिनमा महिला स्वास्थ्य स्वयंसेविका संलग्न रहेको कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविकाले आफ्नो वडा तथा टोलमा रहेका गर्भवतीको मोबाइलमार्फत स्वास्थ्य जाँचमा सहयोग गर्ने भएकाछन् । सूचना प्रभावकारी गर्नका लागि यहाँका महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल सेट वितरण गरेको गाउँपालिका उपाध्यक्ष सितली रोकायाले बताउनुभयो ।
गाउँपालिका भित्रका ६ वटैवडाका महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल प्रदान गरिएको छ । स्वास्थ्य क्षेत्रमा काम गर्ने क्रममा सूचना आदान प्रदान गर्न गाउँपालिकाकै नाममा सिम निकाले र एक साता भित्र सिमी कार्ड दिइने गाउँपालिका प्रवक्ता तिर्थ वडले जानकारी दिनुभयो । गाउँपालिकाले यो सेवा उपलब्ध गरिएकोले सूचना प्रवाहमा सहज हुने सिंजाका महिला स्वास्थ्य स्वयंसेविका बताउँछन् ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts