लुम्बिनीमा १० गते बस्ने प्रदेश सभाको बैठक स्थगित : बजेटमा सत्तापक्षकै असन्तुष्टि

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 3 mins

रुपन्देही । लुम्बिनी प्रदेश सभाको असार १० गते आईतबार बस्ने सभाको दोस्रो अधिबेशनको बाह्रौ बैठक स्थगित भएको छ ।

आर्थिक बर्ष ८०/८१ का बजेट माथीको छलफलको लागी आव्हान गरिएको बैठक स्थगित हुनुको प्रमुख कारण सत्ता पक्षनै देखिन्छ । स्थानिय तह वित्त हस्तान्तरण तर्फको आयोजना तथा कार्यक्रम अर्थात शसर्त अनुदानमा सत्ता गठबन्धनको सहमति विपरीतको बजेट आएको भन्दै सत्ता पक्षभित्रै चर्काे आलोचना सुरु भएको छ ।

भुगोल र जनसंख्याका आधारमा समान बजेट हुनुपर्नेमा मुख्यमन्त्री र अर्थमन्त्री केन्द्रित बजेट ल्याएको भन्दै बिरोध सुरु भएको छ ।

ADVERTISEMENT

बजेटमा सत्तापक्षकै असन्तुष्टि

नेपाली काङ्ग्रेसका नेतृ जमुना ढकालले अहिलेको बजेट नितिगत निर्णय अनुसार नआएको भन्दै असन्तुष्टि व्यक्त गर्नु भएको छ । लुम्बिनी सरकारको अर्थमन्त्रालले एकल शैलीमा आफु अनकुल बजेट ल्याएको भन्दै अर्थ निकाय फितलो भएको समेत उहाको भनाई छ । उहाले भन्नुभयो स्थानिय तह सगँ समन्वय गरी पठाएका शसर्त अनुदानका योजना पुरै कटौती भए ।यो नसच्चिदा सम्म बजेट पास हुन सक्दैन हाम्रा सबै योजना कटौती भए यस्को जिम्मेबारी कस्ले लिने हामी ताली बजाउन र सरकारलाई समर्थन गर्न मात्रै प्रदेश सभा गएका हैनौ हाम्रो पनि जनताहरु प्रतिको दायित्व छ ढकालले भन्नुभयो।

सत्ता पक्षमा रहेका माओबादि केन्द्रका प्रमुख सचेतक ईन्द्रजीत थारुले अब बजेट सच्चाउन सम्भव नरहेको भन्दै बजेट संशोधनाका लागी सभा स्थगित हुनु भनेको सरकारको अपरिपक्कता र गौरजिम्मेवारी पना व्यवहार देखिने बताउनु भयो । सत्तापक्षका केही संसाद र प्रतिपक्ष दलका सासंदहरुले मुख्यमन्त्री र अर्थमन्त्री आफु केन्द्रित रहेर ल्याएको बजेट र शसर्त अनुदानको बजेट पूर्ण रुपमा सच्चाएर मात्रै बजेट पास गर्न सरकार समक्ष मागसमेत गरेका छन् । यदि बजेट नसच्चिएको खण्डमा भने बजेट पास हुन नदिने उनीहरुले दाबी समेत गरेका छन् ।

प्रदेश सभाको बैठक असार १३ गते बुधबारका लागी सारिएको छ । अर्थमन्त्रीको अुरोधमा सभामुखको निर्देशन अनुसार बिशेष कारण बहस बैठक स्थगित गरिएको प्रदेश सभाका सचिव दुर्लभ कुमार पुनले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?