ठूला दलहरुले नयाँ पार्टी र व्यक्तिहरुलाई फाटो ल्याउन संगठित प्रयास गरिरहेको रवि लामिछानेको आरोप

'०८४ को निर्वाचनमा रास्वपालाई पहिलो पार्टी बन्न कसैले रोक्न सक्दैन'

हिमालय टाइम्स कालिकोट, संवाददाता
फाइल तस्बिर

फाइल तस्बिर

हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 8 mins

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले २०८४ सालको निर्वाचनमा आफ्नो पार्टीलाई पहिलो पार्टी बन्न कसैले रोक्न नसक्ने दावी गर्नु भएको छ ।

शनिबार काठमाडौंमा आयोजित पार्टीको धादिङ–काठमाडौं सम्पर्क भेलामा बोल्दै उहाँले सो दावी गर्नु भएको हो । सभापति लामिछानेले २०८४ सालको निर्वाचनमा पार्टीलाई मुलुकको पहिलो शक्ति बनाउनका लागि पार्टीका नेता, कार्यकर्ताहरुले भने असल मानिसका लागि पद त्याग गर्ने हृदय र सोच लिएर अघि बढनुपर्ने बताउनु भयो । उहाँले ‘जान्नेलाई छान्ने’ काम गरियो भने राम्रा मानिसहरु पदमा आउने र त्यसले पार्टीलाई पहिलो शक्तिको रुपमा स्थापित गराउने तर्क गर्नु भयो ।

सभापति लामिछानेले आफ्नो पार्टीलाई कुनै पनि तागतले लडाउन नसक्ने जिकीर समेत गर्नु भयो । लडे आफ्नै गोडामा अल्झिएर लड्ने हो भन्दै उहाँले त्यस्तो हुन नदिनेगरी अघि बढ्न पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गर्नु भयो । सभापति लामिछानेले नयाँ पार्टी र व्यक्तिहरु बीच फाटो ल्याउन ठूला दलहरुले संगठित प्रयास गरिरहे पनि सफल हुन नदिने बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘कुनै पनि बेला असल मानिसका लागि मैले अहिले लिईरहेको पद र जिम्मेवारी उसलाई दिएर म ऊसको सहयोगी हुन सक्छु कम्तिमा पनि २०८४ सालसम्म यो हृदय र यो सोच तपाईहरुसँग छ भने यो पार्टीलाई यो मुलुकको एक नम्बरको पार्टी, पहिलो पार्टी बन्न कसैले रोक्न सक्दैन । तर तपाई हामीहरुले असल मान्छेका लागि बस्ने ठाउँ ओगटेर बसिदियौं भने निष्ठा र इमान्दारिताका साथ काम गरि दिएनौं भने अन्तमा हामी त चुनावमै जानुपर्ने हुन्छ । म त पहिल्यै देखि बसेको हुँ भनेर जनताले पत्याउनेवाला छैन । जनता त त्यस्तो मानिस खोजिरहेका छन् । जसका काँधमा यो देशको जिम्मेवारी दिन सकियोस् । त्यस अर्थमा अहिले जति पनि साथीहरुले जिम्मेवारी लिईरहनु भएको छ । मेरो विनम्रतापूर्वक अनुरोध छ–त्यो जिम्मेवारी आफ्नो व्यक्तिगत चाहनाका लागि म त फलानो पार्टीको यो सदस्य हो नि । अथवा पद यो हो नि भनेर एउटा भिजिटिङ कार्डमा गज्जव पद लेख्ने लोभमा पार्टीको पद ओगटने होइन कि साँच्चै नै त्यो पदको गरिमा बढाउनका निमित्त मुलुकको परिवर्तनको निमित्त यो अभियान सुरु भएको छ । म त्यो अभियानको एउटा सिपाई हुँ । म सिपाई भएर काम गर्न सक्छु, पद मेरो लागि ठूलो कुरा होइन । पदमा त्यही आउँछ, जो जान्दछ । जान्नेलाई छान्ने भन्नु भयो भने बस पुगिहाल्छ । मैले बारम्बार भन्ने गरेको छु साथीहरुलाई लेखेर पनि राख्नुस है ठूलो अक्षरमा बिर्सेला भनेर हिजो अस्ती पनि भनेको थिएँ कि हामी लड्यौं भने आफ्नै गोडामा अल्झिएर मात्रै लडछौं । अरुले हामीलाई लडाउने तागतनै राख्दैन । म यति भन्न चाहन्छु । प्रयास त हुन्छन, भईरहेका छन् । अहिले देख्नु भएको छैन संगठित रुपमा हामीलाई लडाउने प्रयास भईरहेको छ । यो राम्रो कि त्यो राम्रो भनेर नयाँनयाँ नेताहरुको फोटो राख्दै ।’

ADVERTISEMENT

सभापति लामिछानेले सामाजिक सञ्जालमार्फत् असहिष्णु व्यवहार प्रर्दशन नगर्न पनि पार्टीका कार्यकर्ता र समर्थकहरुलाई सचेत गराउनु भयो । हाम्रा पार्टीका कार्यकर्ता र समर्थकहरुले विपक्षको भन्दा पनि माथि उठेर गाली गलौजको भाषा सामाजिक सञ्जालमा प्रयोग गरे त्यसको असर पार्टी र दलका नेतालाई समेत पर्ने भएकाले त्यस्ता काम गर्न नहुने उहाँको भनाई थियो ।

सभापति लामिछानेले इमानमा रहेका दिनसम्म मात्रै नेताहरुको बचाउमा लाग्न पनि सिंगो पार्टी पंक्तिलाई सचेत गराउनु भयो । उहाँले सभ्य र शिष्ट ढंगले विपक्षहरुको आलोचना गर्न सक्नु नै पार्टीको हितमा हुने पनि पटकपटक दोहो¥याउनु भयो ।

सभापति लामिछानेले भन्नु भयो, ‘हाम्रा समर्थकहरु, हाम्रा सदस्यहरु सामाजिक सञ्जालमा असहिष्णु छन । असाध्यै धेरै गालीगलौैज गर्छन भनेर आरोप लागेको छ । अव त्यो आरोप खपेर बस्न मिल्दैन । एउटा राजनीतिक दलका रुपमा समर्थकहरुले जे मन लाग्यो, त्यही भनिरहँदाखेरी त्यो दलको नेताहरुलाई त्यसको असर पर्छ । यो माया गर्नुहुने, समर्थन गर्नुहुने तपाई साथीहरुका अगाडि नभने मैले कसका अगाडि भन्ने ? मैले तपाईहरुलाई यति बिम्ति नगरे कसलाई गर्ने ? पार्टी सभापतिको हैसियतले मैले फेरी पनि तपाईहरुलाई भन्न चाहन्छु–आएका गाली, आलोचनाहरुलाई त्यो भन्दा तल गएर गाली गर्नु हुँदैन । हो, आफ्नो नेतालाई बचाउनु पर्छ । सबैले आफ्नो नेतालाई बचाउँछन । आफ्नो नेता इमानमा रहेका दिनसम्म बचाउने हो । इमान छोडेको दिन कसैले बचाउनु पर्दैन । म यो पनि तपाईहरुलाई भन्न चाहन्छु–इमानमा रहुन्जेल बचाउनु पर्छ । मात्रै यति हो कि सभ्य र शिष्ट ढंगले बचाई दिनु भयो भने ओहो रास्वपाका समर्थकहरु त कति शिष्ट भए भएछन । पहिला त कस्तो थिए । अहिले त कति राम्रा भएछन ? आलोचना त गर्छन, सुन्छन । तर कति सभ्य र शिष्ट ढंगले गर्छन भनेर भन्ने वातावरण पनि हामीले नै बनाउनु पर्नेछ । त्यसकारण माया गर्न पनि जान्नुपर्छ साथीहरु ।’

सभापति लामिछानेले भ्रष्टहरुलाई समाप्त पार्ने अभियानमा आफ्नो पार्टी दृढतापूर्वक लागिरहेन प्रतिवद्धता समेत दोहो¥याउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज