लयमा फर्कियो पोखराको पर्यटन व्यवसाय, व्यवसायी हर्षित

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 7 mins

पोखरा । कोरोना महामारीले थला परेका पर्यटकीय नगरी पोखराको पर्यटन व्यवसाय लयमा फर्किएसँगै व्यवसायीहरु खुशी भएका छन् ।

पछिल्लो समय विभिन्न अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमहरुको वृद्धि भएसँगै लय गुमाएको पोखराको पर्यटन व्यवसायले लय समातेको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान हुनसके पोखराको पर्यटन व्यवसाय झनै फस्टाउने व्यवसायीहरुको बुझाइ छ । व्यवसायीहरु सरकारले कोराना महामारीपछि पर्यटन प्रवर्द्धनमा विशेष चासो दिनुपर्ने भएपनि सरकारी तवरबाट चासो दिएको महशुस आफूले गर्न नसकेको बताउँछन् । उनीहरुले देशको आर्थिक अवस्थालाई सुदृढ पार्नपनि पर्यटन प्रवर्द्धनमा जोड दिनुपर्ने बताए ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा बोल्दै पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले कोरोनापछि अहिले पर्यटनले लय समातेको र व्यवसायीहरु खुशी भएको बताउनु भयो । उहाँले व्यवसायीहरुले नै विभिन्न देशमा गएर पोखराको पर्यटन प्रवर्द्धनमा जोड दिएकाले पनि पर्यटकहरुको आगमन बढेको बताउनु भयो । ड्रागन बोट फेस्टिबल र अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा भारतीय र चिनियाँ नागरिकहरु पोखरामा आएको र उनीहरुबाट अन्य पर्यटकहरु पनि आउने वातावरण बनेको बताउनु भयो । उहाँले पोखरा विमानस्थल नियमित सञ्चालन हुनसके पोखरामा पर्यटन व्यवसाय फस्टाउने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कोरोनापछि अहिले पर्यटनले लय लिएको छ, राहत महशुस गरेका छौँ । हामीले पनि विभिन्न देशमा गएर पर्यटन प्रवर्द्धन गर्दा नतिजा राम्रो आएको छ । भारतीय र चिनियाँ नागरिकहरुबाट पोखराको पर्यटन भइरहेको छ । ड्रागन बोट फेस्टिबलले पनि यहाँको माहोल तातेको छ । साथै भारत सरकारको योग दिवसका कारण यहाँ भारतीय पर्यटकहरु पनि आइरहनुभएको छ । यहाँबाट नियमित उडान भर्नसके राम्रो हुने थियो । पोखरा विमानस्थल सञ्चालन हुनसके मात्रै पर्यटनमा कायापलट हुनेछ । पोखराको पर्यटन राम्रो हुने देखिएको छ । पोखराको पर्यटनले लय लिएको अवस्था छ । पोखराको बढी भन्दा बढी प्रवर्द्धनात्मक काम गर्न जरुरी छ ।’

त्यस्तै होटल एशोसिएशन अफ नेपाल, पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पर्यटकहरु बढ्दा व्यवसायीहरुमा आशा थपिएको बताउनु भयो । उहाँले पोखरामा पर्यटकहरु बढ्दा रोजगारी वृद्धि हुने र विदेश जानेहरुका लागि पोखरा प्रशिक्षणस्थल बन्ने गरेको बताउनु भयो । उहाँले पोखरामा कोरोना महामारीपछि दक्ष जनशक्तिको अभाव भएको बताउनु भयो । उहाँले पोखरा विमानस्थल नियमित सञ्चालनमा आउनसके पर्यटकहरुको कमी नहुने बताउनु भयो ।

ADVERTISEMENT

उहाँले भन्नुभयो, ‘पोखराको पर्यटन व्यवसाय अहिले बढेको छ । अहिले हामी आशावादी भएका छौँ । पर्यटन व्यवसायी थला परेका थिए, अहिले राम्रो भइरहेको छ । बाहिर जानेहरुलाई पनि यहाँ सिक्ने अवसर भएको छ । हामीले हजारौँ रोजगारी सिर्जना गरेका छौँ । कोरोना पछाडि दक्ष जनशक्तिको अभाव छ । अब पर्यटकहरुको भीड लाग्नेछ । गर्मी छल्न अहिले पनि भारतीय पर्यटक पोखरा आइरहेका छन् । पोखरा विमानस्थलमा नियमित उडान हुनसके पर्यटकको कमी हुँदैन । पोखराको प्रवर्द्धनमा जोड दिनुपर्छ ।’

त्यस्तै गाउँ पर्यटन प्रवर्द्धन मञ्च गण्डकी प्रदेशका अध्यक्ष उदय सुवेदीले अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमहरुले पर्यटकहरुको आवागमन बढेपनि स्थायी हुन नसकेको गुनासो गर्नुभयो । उहाँले कोरोनापछि पर्यटकहरु बढेको भएपनि उल्लेख्य मात्रमा अझै बढ्न नसकेको बताउनु भयो । उहाँले पोखरामा विदेशी पर्यटकहरुको आगमन अझै कम रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यस्ता कार्यक्रमहरुले पर्यटन अलि माथि आउँछ फेरि कुनै इभेन्टहरु नहुँदा तल झर्ने समस्या छ । अहिले ४० प्रतिशत भन्दा बढी रिकभर भएको छैन। विदेशी पर्यटकहरुको आगमन कम नै छ । तर केही आन्तरिक पर्यटकहरु बढेका छन् । पुरानो अवस्थामा फर्किन अझै समय लाग्छ । व्यवसायीहरु उत्साहीत छन्, अन्तर्राष्ट्रिय विमानस्थल तयार भएको छ । तर अन्तर्राष्ट्रिय उडान नियमित नहुँदा चिन्ताको विषय छ । यसमा सरकारले ध्यान दिनुपर्छ । सरकारले पर्यटन प्रवर्द्धनमा ध्यान नदिएको हो की भन्ने महशुस व्यवसायीहरुलाई भएको छ । सरकारले प्राथमिकतामा राखेर पर्यटक भित्र्याउने वातावरण मिलाउनु पर्छ । नेपाल एयरलाइन्सले नै यहाँबाट उडान गर्नुपर्छ ।’

व्यवसायी सुवेदीले सरकारले पर्यटन प्रवर्द्धनमा विशेष ध्यान दिनसके व्यवसायीहरुको मनोबल बढ्ने र पर्यटकहरु पनि वृद्धि हने बताउनु भयो । उहाँले पर्यटक वृद्धिका लागि पोखरा विमानस्थलबाट नेपाल एयरलाइन्सले नियमित रुपमा अन्तर्राष्ट्रिय उडान भर्नुपर्ने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?