इलाम र संखुवासभा फाइनलमा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

राजकुमार कार्की/हिटा
ओखलढुंगा । मुख्यमन्त्री कप नकआउट फुटबल प्रतियोगितामा इलाम र संखुवासभा फाइनलमा प्रवेश गरेका छन् । ओखलढुंगा सदरमुकामको खेलमैदानमा शुक्रबार भएको सेमिफाइनल खेलमा ओखलढुंगा र खोटाङलाई हराउँदै इलाम र संखुवासभा फाइनलमा प्रवेश गरेका हुन् । शुक्रबार पहिलो चरणमा भएको इलाम र ओखलढुंगाबीचको प्रतिस्पर्धामा इलामले १‐० गोल अन्तरले ओखलढुंगालाई हराउँदै आफ्नो फाइनल पुग्ने लक्ष्य तय गरेको छ ।

खेलको पहिलो हाफमा गोल गर्न नसकेपछि गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको ३८औं मिनेटमा इलामको तर्फबाट विशाल तामाङले गोल गर्नुभएको थियो । यही गोल नै इलामका लागि फाइनलमा प्रवेश गर्ने पुल बनेको थियो । ओखलढुंगाले गरेको फर्काए पनि त्यो अफसाइड हुन पुग्यो ।

ADVERTISEMENT

दोस्रो चरण भएको संखुवासभा र खोटाङबीचको प्रतिस्पर्धामा संखुवासभाले १‐० गोलअन्तरले खोटाङलाई हराउँदै फाइनल पुगेको छ । पहिलो हाफको २५औं मिनेटमा मन्दीप राईले गरेको गोल नै संखुवासभाका लागि निर्णयक बन्यो । खोटाङले गोल गर्ने थुप्रै अवसर गुमाएको थियो । गोलकिपरको उत्कृष्ट प्रदर्शनका कारण थप गोल खाने चुनौतीबाट भने खोटाङ मुक्त भएको थियो ।

पहिलो हाफको २५औं मिनेटमा गोल गर्न सफल भएको संखुवासभाले दोस्रो हाफमा भने गोल गर्न सकेन । फाइनल खेलमा संखुवासभा र इलाम प्रतिस्पर्धा गर्नेछन् । यी दुईबीचको फाइनल खेल ओखलढुंगा सदरमुकामको खेल मैदानमा शनिबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?