काभा भलिबलमा नेपालको लगातार चौथो हार

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीले किर्गिस्तानमा जारी काभा पुरुष भलिबल नेसन्स लिगमा लगातार चौथो हार व्यहोरेको छ । लिग चरणको चौथो खेलमा नेपाल तुर्केमिनिस्तानसँग ३-१को सेटमा पराजित भयो । विस्केकस्थित चोलपोन एटिए कभर्डहलमा भएको खेलको पहिलो सेट १८-२५ ले गुमाएको थियो । यस्तै दोस्रो सेट नेपालले २५-२३ ले पराजित भयो । तेस्रो सेटमा नेपाल २४-२६ले पराजित भयो ।

१०-१० को बराबरीको स्थितिबाट लय गुमाएको नेपालले त्यसपछि खेलमा फर्कने प्रयास गरेपनि तुर्केमिनिस्तानलाई २०-२४ ले नतिजा सुम्पन पुग्यो । लगातार चौथो हारसँगै नेसन्स लिगमा नेपाल अंकविहीन बनेको छ । यसअघि नेपाल पहिलो खेलमा मंगोलिया र दोस्रो खेलमा घरेलु टोली किर्गिस्तानसँग समान ३-१को सेटमा पराजित भएको थियो । यस्तै तेस्रो खेलमा नेपाल इरानसँग ३-० को सोझो सेटमा पराजित भएको थियो ।

ADVERTISEMENT

पहिलो जितसँगै तुर्केमिनिस्तानले चारखेलबाट ३ अंक बटुलेको छ । यसअघि तुर्केमिनिस्तान किर्गिस्तानको दोस्रो टोली, मंगोलिया र किर्गिस्तानसँग समान ३-१को सेटमा पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?