स्याङ्जा जिल्ला अस्पताल प्रमुख विहिन भएको भन्दै प्रदेश सरकारको ध्यानाकर्षण

युवराज पौडेल स्याङ्जा, संवाददाता
युवराज पौडेल स्याङ्जा, संवाददाता
Read Time = 2 mins

स्याङ्जा । गण्डकी प्रदेश सभा सदस्य सुधीरकुमार पौडेलले सदरमुकाममा रहेको एकमात्र स्याङ्जा जिल्ला अस्पताल लामो समयदेखि प्रमुखविहीन भएको भन्दै गण्डकी प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभएको छ ।

उहाँले गण्डकी प्रदेश सभाको बिहिबारको शून्य समयमा बोल्दै स्याङ्जाली जनताको स्वास्थ्यमा सेवामाथि ध्यान नपुगेको बताउनुभएको हाे ।  स्याङ्जा जिल्ला अस्पताल २०७९ सालको कार्तिक १४ गतेदेखि खाली भएकाे भन्दै ७ महिना बढी अस्पतालमा प्रमुख मेडिकल सुपरिटेन्डेन्ट नभएकाे बताउनु भयाे । उहाँले ३ जना मेडिकल अधिकृतहरु अहिले पनि अध्ययन विदामा गएकाेले त्यसको ठाउँ खाली  भएकाे बताउनु भयाे ।

ADVERTISEMENT

सांसद पौडेलले स्टाफ नर्स, अहेब तथा प्राविधिक गरी १५ जना भन्दा बढी कर्मचारी विदामा रहेकाेले स्याङ्जाली जनताले स्वास्थ्य जस्तो संवेदननशील सेवा पाउनबाट वञ्चित हुनुपरेकाे बताउनु भयाे ।

स्याङ्जाको प्रदेश २ बाट निर्वाचित सांसद सुधीरकुमार पौडेलले गण्डकी प्रदेशमा निरन्तर स्याङ्जाको विकास र जनसरोकारका विषय उठाउँदै आउनुभएको छ । उहाँ आँधीखोला गाउँपालिकाका निवर्तमान अध्यक्ष समेत हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज