खोटाङमा बिद्यालय आउने जानेमा नै बित्छ बिद्यार्थीको ६ घन्टा

हिमालय टाइम्स कालिकोट, संवाददाता

फाइल तस्वीर

हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

खोटाङ । विद्यालय टाढा हुँदा खोटाङको केपिलासगढी गाउँपालिका–१ फेदीका विद्यार्थी तीन घण्टासम्म हिँड्न वाध्य छन् । अपायक ठाउँमा रहेको स्थानीय कुहुडाँडा माबिमा अध्ययनरत छात्ररछात्रा पठन–पाठनका लागि दैनिक एकतर्फी तीन घण्टासम्म हिँड्न वाध्य बनेका हुन् । फेदीको तेरावा, लामीडाँडा, पिपिङ, सुम्देसिरान, चित्रे लगायतका छात्ररछात्रा दैनिक तीन घण्टा पैदल हिँड्ने गरेको कुहुडाँडा माबिका प्रअ चन्द्र राईले बताउनुभयो ।

तापखोला किनारभन्दा केही माथि रहेको विद्यालयका अधिकांश छात्ररछात्रा उँदो झर्नुपर्ने हुन्छ । बिहान ओरानो झर्न तीन घण्टाको हाराहारीमा समय लागे पनि बेलुका फर्कनेक्रममा उकालो तीन घण्टाभन्दा बढी समय लाग्ने गरेको छ । विद्यालय आउने र जानेक्रममै करिब ६ घण्टा समय खर्च भए पछि विद्यार्थीलाई घरमा गृहकार्य र पठन–पाठन गर्ने समय व्यवस्थापन गर्न सकस भइरहेको छ ।

‘ओरालो भएकाले स्कुल झर्दा अलि चाँडो हुन्छ,’ प्रअ राईले भन्नुभयो, ‘तर उकालो निस्कँदा तीन घण्टाभन्दा बढी समय लाग्छ ।’

ADVERTISEMENT

फेदीका वडाध्यक्ष निरकुमार राईका अनुसार थुम्की, खोलाखर्क, ठूलोखरे, माखम्ला, शेर्पाटोल, केलसी लगायतका गाउँका विद्यार्थीलाई पनि विद्यालय पुग्न तीन घण्टाको हाराहारीमा समय लाग्ने गरेको छ । विद्यालय पुग्नका लागि छात्र छात्रा बिहान सात बजे नै विद्यालय हिँड्ने गरेका छन् । विद्यार्थी विद्यालयबाट छुट्टी भएपछि साँझ अवेर मात्र घर पुग्ने गरेका छन् । विद्यालय जाँदा साँढे दुई घण्टा र घर फर्कँदा तीन घण्टा समय लाग्ने गरेको थाकुकी कक्षा ९ मा अध्ययनरत छात्रा मन्जिता राई बताउनुहुन्छ । उकालो बाटो छिचोलेर अवेर घर पुग्दा थाकेर गृह–कार्य गर्नै समस्या हुने गरेको छ ।

हालको केपिलासगढी गाउँपालिका–१ फेदी र केपिलासगढी गाउँपालिका–२ खार्ताम्छा एउटै वडा थियो जसलाई पञ्चायतकालमा खार्ताम्छा गाबिस भनिन्थ्यो । एउटै वडा भएको बेला सेन्टरमा पर्नेगरी २०१७ सालमा कुहुडाँडा माबि स्थापना गरिएको थियो ।

पञ्चायतकालमा खार्ताम्छालाई फुटाएर खार्ताम्छा र फेदी गाबिस बनाइए पछि कुहुडाँडा माबि फेदीको किनारामा पर्न गएको हो । हाल कुहुडाँडा माबि फेदी र खार्ताम्छाको सिमानामा पर्छ । कुहुडाँडालाई फेदीको केन्द्रमा बनाउने विषयमा कसैको ध्यान जान सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?