ओखलढुंगामा पहिरोमा परी एकै घरका चारजनाको मृत्यु

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

ओखलढुंगा । ओखलढुंगामा पहिरोमा जाँदा चार जनाको मृत्यु भएको छ ।

चम्पादेवी गाउँपालिका– ८ मा बिहीबार राति पहिरो जाँदा एकै घरका चारजनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सो गाउँपालिका गुरुङ बस्तीका बिहीबार राति ११–१२ बजेको आसपासमा पहिरो गएको थियो, जुन पहिरोमा परी एकै घरका चारजनाको मृत्यु भएको हो ।

यसरी मृत्यु हुनेमा ३६ वर्षीय रणबहादुर गुरुङ, उहाँकी श्रीमती २९ वर्षीया शिवमाया, छोरा १० वर्षीय दिनेश र छोरी डेढ वर्षीया कविताको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ADVERTISEMENT

प्रहरीका अनुसार पहिरोले राति तीन घर बगाएको थियो । जसमा एकजना अझै बेपत्ता रहेको बताइएको छ ।

अहिले उद्धार कार्य भइरहेको छ । राति नै स्थानीयले प्रहरीलाई पहिरोबारे जानकारी दिएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतको टोली घटनास्थल पुगेर स्थानीयसहित उद्धारमा खटिएका थिए ।

उद्धारका लागि थप प्रहरीसमेत जिल्लाबाट खटिएर घटनास्थलतर्फ गइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज