गोरखामा जन्ती बोकेको जिप दुर्घटना : ५ जनाको मृत्यु

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

गोरखा । गोरखामा जन्ती बोकेको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।

शहीद लखन गाउँपालिका–५ पोखरीडाँडाबाट टिकाटालो गर्न शहीद लखन गाउँपालिका–३ सिलिङ कोटगाउँ गएको जिप सिलिङ र डाँडाबारीको बीचमा दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कर्यालय गोरखालेका अनुसार दुर्घटनास्थल मनकामना मन्दिर नजिकै पर्छ। बिहीबार बेहुलीको घरमा टिकोटालो गरेपछि फर्किँदै गरेको जित राति दुर्घटनामा परेको हो ।

ADVERTISEMENT

अहिलेसम्म ५ जनाको मृत्यु भएको विवरण प्राप्त भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार १२ जना घाइते भएका छन् । २ जनाको शकुसल उद्धार गरिएको छ ।

घाइतेहरूलाई उपचारका लागि तनहुँको खैरेनी पठाइएको छ । दुर्घटनास्थलमा अहिले नेपाली सेना, सशस्त्र, प्रहरी र स्थानीय लगायतले उद्धार गरिरहेको प्रहरीले जनाएको छ ।

मृतकको पहिचान खुल्न र दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज