बाढीपहिरो प्रभावितलाई राहत सामग्री वितरण

मान बहादुर बिश्वकर्मा कालिकोट
मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 4 mins

बाजुरा । बाजुराको पूर्वी उत्तर क्षेत्रको स्वामिकार्तिक गाउँपालिकाका दलित परिवारलाई राहत सामग्री वितरण गरिएको छ । बाढीपहिरो तथा कुपोषणबाट प्रभावित स्वामिकार्तिक गाउँपालिकाका झण्डै आठ सय बढी दलित परिवारलाई राहत सामग्री वितरण गरिएको हो ।

गत वर्ष परेको अविरल वर्षाका कारण प्रभावित बनेका स्वामिकार्तिक गाउँपालिकाका दलित परिवारलाई नेपाल सरकारको क्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत राहत सामग्री वितरण गरेको गाउँपालिकाले जनाएको छ । बाढीपहिरोले घरवास तथा जमिन बगाएपछि खाद्यानको संकटमा परेका दलित परिवारलाई गाउँपालिकाले राहत वितरण गरेपछि परिवारमा खुसी छाएको छ ।
गाउँमा खाद्यान्न संकट परेको समयमा गाउँपालिकाले घरघरमै आएर खाद्यान्न सामग्री दिएपछि केही दिनका लागि छाक टार्न सहज भएको स्वामिकार्तिक गाउँपालिका–१ मुक्तिकोटका स्थानीय होइजाली विकले बताउनुभयो । उहाँले भन्नुभयो, ‘गत वर्ष आएको बाढीपहिरोेले घरवास तथा कमाइ खाने जमिन नै बगाएपछि खाद्यान संकट परेको छ ।’

दलित परिवारको यो अवस्थालाई मध्यनजर गर्दै स्थानीय सरकारले दलित परिवारको घरमै पुगेर चामल, दाल र तेल लगायतका खाद्यान्न सामग्री वितरण गरेपछि आफू जस्तै यहाँका बाढीपहिरोपीडित परिवारको मुहारमा खुसी छाएको विकको भनाइ छ । त्यसैगरी, स्वामिकार्तिक गाउँपालिका-१ मुक्तिकोटका स्थानीय दलित महिला पान्ता विकले गत वर्षको असोज महिनाको २३ देखि २६ गतेसम्म लगातार परेको अविरल वर्षाका कारण बाढीपहिरोले घरवास तथा खेतीसमेत पहिरोले पुरिदिएपछि अहिले कता जाने, के खाने भन्ने समस्या थियो । गाउँपालिकाबाट अहिले राहत पाएपछि केही दिनका लागि भए पनि छाक टार्न सहज भएको बताउनुभयो ।

ADVERTISEMENT

उहाँले भन्नुभयो, ‘योभन्दा पहिला पनि गाउँपालिकाले विस्थापित भएका दलित परिवारलाई खाद्यान्न, कपडा, भाँडा र त्रिपाल लगायतका सामग्री उपलब्ध गराइएको हो ।’ बाजुराको यो दुर्गम बस्तीमा विभिन्न समस्या छ । पछिल्लो समयमा गाउँपालिकाले यहाँका विभिन्न समस्याको समाधानका लागि प्रदेश तथा स्तरीय सरकारका विभिन्न निकायसँग पहल गर्दै आएको छ । यसभन्दा पहिला गाउँपालिकाकाले विद्युत्को पहुँच नभएको बस्तीमा सोलारको व्यवस्था गर्दै आएको थियो ।

स्वामिकार्तिक गाउँपालिकाका अधिकांश वडामा सडक सञ्जालको पहुँचमा पुग्न लागेको समयमा नै बाढीपहिरोले ती सडक अवरुद्ध भएका छन् । यसरी सडक अवरुद्ध बन्दै गएपछि यहाँका बाढीपहिरो प्रभावित परिवारलाई समयमै खाद्यान्न वितरण गर्न समस्या भएको थियो ।

सडक गाउँपालिकाले मर्मत गर्दै आएपछि अहिले गाउँमा राहत वितरण गर्न निकै सहज भएको बताइएको छ । स्वामिकार्तिक गाउँपालिका अध्यक्ष भरतबहादुर रोकायाले बाढीपहिरोबाट प्रभावित बनेका गाउँपालिकाका झण्डै आठ सय बढी दलित परिवारलाई ३० किलो चामल पाँच किलो दाल, एक लिटर तेल लगायतको खाद्यान्न सामग्री वितरण गरेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?