काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लवबीच भेटवार्ता भएको छ ।
आज बिहान भएको भेटवार्तामा हालै घोषणा भएको समाजवादी मोर्चालाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
भेटमा माओवादी आन्दोलनको उपलब्धिको रक्षा र पार्टी एकताबारे पनि छलफल भएको बताइएको छ ।






