काठमाडौं । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ ।
आगामी असार ९ गतेबाट सुरु हुन गईरहेको केन्द्रीय समिति र १० गतेदेखि सुरु हुने विधान अधिवेशनको बारेमा छलफलका लागि कार्यकारिणी समितिको बैठक बस्न लागेको हो ।
जसपाका प्रवक्ता मनिष सुमनका अनुसार आजको बैठकमा विधान अधिवेशनको तयारी तथा प्रस्तावित संशोधनसहित तयार पारिएको विधान मस्यौंदामाथि कार्यकारिणी सदस्यको राय लिने तथा सो राय अनुसारको निष्कर्ष राजनीतिक समितिमा पेश गरिनेछ ।
आजको बैठकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको समाजवादी मोर्चामा पार्टी सहभागिताका बिषयलाई अध्यक्ष उपेन्द्र यादवले विस्तारमा जानकारी गराउनेसमेत बुझिएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts