युक्रेनी सैनिकलाई ईयूले तालिम दिने

Read Time = 1 min

कीभ । युरोपेली संघ (ईयूं)का सदस्य राष्ट्रहरूले यस वर्ष युक्रेनको सशस्त्र बलका ३० हजारभन्दा बढी सदस्यहरूलाई प्रशिक्षण दिने भएको छ । ‘सन् २०२३ मा युक्रेनका लागि युरोपेली संघको सैन्य सहायता कार्यक्रमले ३० हजार युक्रेनी सशस्त्र बलका जवानलाई तालिम दिने योजना बनाएको छ’, कीभस्थित रक्षा मन्त्रालयले भनेको छ ।

ADVERTISEMENT

ईयूका अधिकारीले ३० हजार युक्रेनी सैनिकहरूलाई प्रशिक्षण दिने प्रतिबद्धता यस वर्षको फेब्रुवरीमै व्यक्त गरेका थिए ।
ब्रसेल्सले युरोपेली संघका सदस्य राष्ट्रहरूलाई आगामी चार वर्षमा युक्रेनलाई सहयोग गर्न ५० अर्ब युरो (५५ अर्ब डलर) को प्याकेजलाई समर्थन गर्न आग्रह गरेको छ । रासस/एएफपी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?