नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो पहिलो ऐतिहासिक राजकीय भ्रमणका लागि मंगलबार संयुक्त राज्य अमेरिका प्रस्थान गर्नु भएको छ । अमेरिका प्रस्थान गर्नुअघि प्रधानमन्त्री मोदीले टीवट्मा लेख्नु भएको छ, ‘अमेरिका प्रस्थान गर्दैछु, जहाँ म न्यूयोर्क शहर र वाशिंगटन डिसीमा हुने कार्यक्रमहरूमा सहभागी हुनेछु । ती कार्यक्रमहरूमा योग दिवस मनाउने, राष्ट्रपति बाइडेनसँग वार्ता गर्ने लगायताका छन् ।’
प्रधानमन्त्री मोदीलाई अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेनले भ्रमणको निमन्त्रणा दिनु भएको हो । भ्रमण न्युयोर्कमा सुरु हुनेछ जहाँ प्रधानमन्त्रीले जुन २१ मा संयुक्त राष्ट्रसंघ मुख्यालयमा अन्तर्राष्ट्रिय योग दिवस मनाउने कार्यक्रमको नेतृत्व गर्नेहुनेछ ।
प्रधानमन्त्री मोदी त्यसपछि वाशिंगटन डिसी प्रस्थान गर्नुहुनेछ जहाँ उहाँले जुन २२ मा हृवाइट हाउसमा राष्ट्रपति बाइडेनलाई भेट्नुहुनेछ । राष्ट्रपति बाइडेन र प्रथम महिला जिल बाइडेनले सोही दिन साँझ प्रधानमन्त्रीको सम्मानमा रात्रि भोजको आयोजना गर्नुहुनेछ । प्रधानमन्त्री मोदीले जुन २२ मा अमेरिकी कांग्रेसको संयुक्त बैठकलाई पनि सम्बोधन गर्नुहुने कार्यक्रम तय भएको छ । रासस/एएनआई ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts