अभावको पीडा भुलेर जुम्लाहासहित ६ बच्चाकी आमा बनिन् धादिङकी कल्पना चेपाङ

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 9 mins

धादिङ । ढोका नभएको, चोटा नभएको छानो, जस्ता लगाएको एउटा सानो बिस्तारा घर भएको, सानो आगन, वरपर बाँसको बार लगाएको, अन्नको नाममा थोरै चामल मात्र भएको, भाँडाको नाममा कालो कराई र पानीको बोतल मात्र छ । सानो थाल एउटा चम्चा एक थान कचौडा र साथमा ५ वटा पानीको खाली बोतल छ । ओड्ने ओछ्याउने र लगाउने कपडाको नाममा दुई थान ब्यान्केट र केही थान म्याट मात्र छ । ६४ वर्षीय बृद्धा महिला सानुमाया चेपाङ, विगत ३ वर्ष देखि प्यारालाईसिस (पक्षघात) भएर थलिएकी छिन् । उनका स्याहार सुसारमा बुहारी कल्पना चेपाङ खटिएका छिन् । तर उनी आफै विरामी पनि छिन् । कल्पना चेपाङले १६ वर्षको उमेर विवाह गरिन । अहिले २८ वर्ष भईन् । विवाह भए पश्चात ६ वटा बच्चा जन्माईन् । पहिलो पटक जुम्लाहा बच्चा जन्माएकी कल्पनाले पोषिलो खानेकुरा खान नपाउँदा बच्चा पनि कुपोषण हुने अबस्थामा छ ।

धादिङको बेनिघाट रोराङ गाउँपालिकाका अधिकांश बालबालिकाहरु कुपोषणबाट ग्रसित भएका छन् । धादिङको बेनिघाट रोराङ गाउँपालिकामा ५ वर्ष मुनीका बालबालिकाको संख्या २ सय ८ जना रहेका छन् । जस अनुसार अधिकांश चेपाङ समुदायको अवस्था उस्तै रहेका छन् । मध्ये कुपोषितको संख्या ७५ र बाँकी अधिकाश सामान्य कुपोषणका रहेका छन् । पर्याप्त पोषणको अभावले मात्र नभई उनीहरुको परिवार भोक र रोगसँग लडिरहेका छन् । कुन समयमा के हुन्छ अत्तो पत्तो नै छैन् । कल्पना चेपाङ भन्छिन्– “सानो उमेर विवाह भयो, छिटो बच्चा जन्मियो । दुई वटा जुम्ल्याहा बच्चा पाएँ । बच्चाले दुध खान पाएन । बच्चामा हुने पर्ने सामान्य तौल जति पनि छैन । अहिले समस्या भएको छ । छोरो जन्मदा खेरी नै म विरामी भए । दुध खान पाएन । अहिले पनि मेरो दुध आउँदैन बच्चाले खान पाउँदैन् । बच्चालाई अहिले पनि लिटोको भरमा राख्नु परेको छ । सुत्केरी भएको ८ दिनमै कल्पना बिरामी परिन् । विरामीले उनी करिब १ महिना सम्म थलो परिन् । सुत्केरी हुँदा आमा र बच्चलाई चाहिने पोषिलो खाने कुरा नभए पछि कल्पना विरामी भईन् । पोषिलो खाने कुराको अभावका कारण कल्पनाको दुध समेत आएन । जसका कारण जुम्ल्याहा बच्चा नै कुपोषणको चपेटामा परे । अन्य दुई छोरा र एक छोरी पनि कुपोषित छन् ।” यस्तै कल्पनाका पति भन्छन् “ परिवारको पेट पाल्नको लागि अरुको ज्याला मजदुरी गरेर काम ग¥यो तर बुलेकी घरमा आगो बाल्न धौ धौ पर्छ ।

अरुको नोकरी काम नगरी परिवारको पेट पाल्न समस्या छ । अब म के गरौं । छोरा छोरीहरुलाई पालन पोषण गर्न कठिन छ । उता आमालाई पोषण युक्त खाने कुरा समेत खुवाउन सकेको छैन् । म आफै विरामी छु । कमाउन जान सकेको छैन। अब म मारौं कि बाँचम भएको छ । जेठो छोराको कुपोषण कै कारणले मृत्यु भयो । जीवन ज्याला मजदुर मै छ । ज्याला मजदुर गरेको रकमले परिवार पाल्न कठिन छ । ” दुखै दुखको चपेटामा परेका कल्पनाको परिवार एक साससँग र भोक र रोग सँग युद्ध लडिरहेका छन् । यो परिवार एउटा प्रतिनिधि पात्र मात्र हुन् । यस्ता समस्या हुनेहरु धेरै छन् । गाउँपालिकामा यस्ता समस्या देखा पर्न थालेपछि धादिङको बेनीघाट रोराङ गाउँपालिका– ७ चरौदीमा पोषण सुधार केन्द्र सञ्चालनमा आएको छ । कुपोषण अन्त्य अर्थात शुन्यमा झार्न पोषण सुधार केन्द्र सञ्चालनमा ल्याइएको बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया ९विवेक०ले बताए । चेपाङ समुदायको बाहुल्यता रहेको बेनीघाट रोराङ गाउँपालिकामा गरिवी, अशिक्षाका कारण कुपोषण विद्यमान नै रहेको छ । बेनिघाटमा ५९ महिनासम्मका बालवलिकामा कुपोषण हुने गरेको छ । गरिवीका कारण आमाले पर्याप्त पोषिलो खानेकुरा खान नपाउँदा बालबालिका कुपोषित भएका छन् । सुत्केरी आमा र बच्चालाई पोषणयुक्त खाना खुवाएर सुपोषित बनाउने उद्देश्यले पोषण सुधार केन्द्र सञ्चालनमा ल्याइएको गाउँपालिकाले जनाए । अहिले तत्कालको लागि पोषण सुधार केन्द्रमा १० जना अट्ने क्षमता छ । तर विस्तारै पोषण सुधार केन्द्रमा २० जना क्षमता हुने उहाँको भनाई छ । यस्तै पोषण सुधार केन्द्रमा अहिले आठ जना बालबालिकाहरु रहेका छन् । गरिवीको चपेटामा रहेका चेपाङ समुदायका मानिसहरुलाई गाउँमै पोषण सुधार केन्द्र सञ्चालन भएपछि उपचारका लागि काठमाडौ जानु पर्ने बाध्यता हटेको छ । अहिले बेनीघाट रोराङ गाउँपालिकामा ५ वर्ष मुनिका २ हजार ८ सय जना बालबालिकाहरु रहेका छन् ।

ADVERTISEMENT

यस्तै शिघ्र कुपोषण भएका वालवालिका ५३ जना, मध्ये कुपोषण भएका वालवालिकाको संख्या करिव सय जना रहेको बेनीघाट रोराङ गाँउपालिका स्वास्थ्य शाखा प्रमुख शंकरबावु ढुवाडीले बताए । विगत १० वर्षलाई हेर्ने हो भने पोषण सुधारमा निकै सुधार भएको छ । अहिले यस गाउँपालिकामा पोषण सुधारमा शान्ति नेपाल, हिमालय हेल्थ केयर, सुआहारा, पोषण सुधार आयोजना र गाउँपालिकाले काम गरिरहेको छ । धादिङ जिल्लामा विभिन्न संघ संस्थाहरुले विभिन्न जनचेतनामूलक कार्यक्रम गदै आए पनि कुपोषित संख्या शून्य बनाउन भने सकेको छैन् । कुपोषणलाई शून्य बनाउने हो भने उक्त क्षेत्रमा स्वास्थ्य, शिक्षा, महिला तथा वालवालिका, खानेपानी तथा सरसफाई, कृषि, पशुपंक्षी शाखाहरुको एकिकृत प्रयास हुन अति आवश्यक छ । चेपाङ समुदायमा गरिवी, अशिक्षा, सचेतनामा कमीका कारण र बहुविवाह, वालविवाह गर्नेको संख्या पनि धेरै छ ।

चेपाङ समुदायमा सानै उमेरमा विवाह गर्दा जन्मान्तरमा समेत ध्यान नदिने र खाद्यान्न अभावका कारण कुपोषणको शिकार बन्न बाध्य छन् । चरौदीमा पोषण सुधार केन्द्र सञ्चालन बसोबास गर्न पाएसँगै कल्पना तामाङ लगायत सबै जना खुसी भएका छन् । उक्त केन्द्रमा आमा र बच्चाले प्रयाप्त मात्रामा पोषिलो खानेकुरा खान पाएको र खानपान लगायत सरसफाई समेत राम्रो भएको कल्पनाको भनाई छ । साथै गाउँपालिकाले सहयोग गरेपछि पोषणमा सुधार आएको, बच्चाहरुमा धेरै सुधार आएकोले आफुलाई निकै खुसी लागेको बताए । धादिङमा करिब ३८ प्रतिशत चेपाङको बसोबास रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज