मोर्चा गठन पछि प्रभु साहको प्रश्न- ‘गौर हत्याकाण्डका अपराधीसँग घाटी जोड़नेहरूलाई के भन्नुहुन्छ ?’

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले समाजवादी मोर्चाको विरोध गर्नुभएको छ। उहाँले आज(मंगलबार) सामाजिक सञ्जालमार्फत समाजवादी मोर्चाको विरोध गर्नुभएको हो ।

उहाँले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलक्षित गरी प्रश्न गर्नुभयो ।

ADVERTISEMENT

उहाँले सोध्नुभएको छ, ‘जनयुद्धकालीन मुद्वामा वारेण्ट काट्ने र गौर हत्याकाण्डका अपराधीसँग घाटी जोड्नेहरूलाई के भन्नुहुन्छ ?’

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मिलेर सोमबार समाजवादी मोर्चा घोषणा गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज