कवि/कथाकार/नाटककार एवम् चलचित्रकर्मी ध्रुव लोहागणको निधन

Read Time = 3 mins

काठमाडौं । कवि/कथाकार/नाटककार एवं चलचित्रकर्मी ध्रुव लोहागणको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार उहाँको सोमबार सिलगढीको एउटा अस्पतालमा निधन भएको हो । सिक्किममा रहेर नेपाली भाषा, साहित्यमा कलम चलाउनुहुने लोहागणले नेपाली चलचित्रमा पनि अभिनय गर्नुभएको छ । उहाँले सन् १९८७ मा चलचित्र ‘साइनो’मा अभिनय गर्नुभएको थियो ।

उहाँले हिन्दी टेलिफिल्ममा पनि अभिनय गर्नुभएको छ । समाजिक सञ्जालमा पोष्ट हुने उहाँको साहित्यिक रचना ‘आइतबारे कोशेली’ लोकप्रिय थियो । चलचित्र, नाटकमा अभिनय, लेखन र निर्देशन गर्नुभएका लोहागणले टेलिफिल्म ‘नकली’मा अभिनय, चलचित्र ‘रानी खोला’को लेखन अनि अभिनय, ‘देवता’ टेलि शृंखलामा अभिनय, ‘हाम्रो गाउँको कथा’ टेलिफिल्ममा निर्देशन, ‘जीवन-गोरेटो’ टेलिफिल्म दूरदर्शन गुवाहाटीद्वारा निर्मित अनि प्रसारितमा लेखन, अभिनयका साथै निर्देशन, ‘हरियाली और प्यार’ हिन्दी टेलिफिल्म, गान्तोक दूरदर्शनद्वारा निर्मित र प्रसारितमा अभिनय, लेखन तथा निर्देशन गर्नुभएको छ । उहाँले हालै पोखरामा सम्पन्न भएको ‘पोखरा अन्तर्राष्ट्रिय नाट्य सेमिनार’मा पनि सहभागिता जनाउनुभएको थियो ।

ADVERTISEMENT

लोहागण कलाकार संघ सिक्किमको अध्यक्षसमेत हुनुहुन्छ । उहाँका आँधी आएपछि (पूर्णांकी नाटक, १९९७), कटुसत्य (नाटकसंग्रह, १९९९), रजनीगन्धा (कथासंग्रह, २००१), मृगतृष्णा (पूर्णांकी नाटक, २००४), त्यो पारी गाउँमा (पूर्णांकी नाटक, २००६), मन (एकांकीसंग्र्रह, २०१०), सम्मोहन (पूर्णांकी नाटक, २०१८), फेसुबकको पन्नादेखि पुस्तकका पन्नाहरूमा आइतबारे कोसेली (कवितासंग्रह, २०१९), तितो सत्य (कवितासंग्र्रह, २०१९) र समय चक्र (कथासंग्र्रह, २०१९)लगायतका प्रकाशित कृति छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?