ब्राजिलमा आँधीका कारण कम्तप्मा १३ जनाको मृत्यु, ८० हजार विस्थापित

Read Time = 2 mins

रियो दि जेनेरियो । ब्राजिलको दक्षिणी क्षेत्रमा आएको आँधीका कारण मृत्यु हुनेको संख्या कम्तीमा १३ पुगेको छ । आँधीका कारण हजारौं व्यक्ति विस्थापित भएका अधिकारीले सोमबार बताएका छन् । बिहीबार र शुक्रबार रियो ग्राण्डे डो सुल राज्यमा आएको आँधीका कारण १३ जनाको मृत्यु भएको छ भने अन्य तीनजना अझै सम्पर्कमा नआएको अधिकारीले बताए ।

मृत्यु हुनेमा एक चार महिनाको शिशु रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । साओ लियोपोल्डो शहरकी एक महिलाले आफ्नो नाम उल्लेख नगरिकन एस्टादाओ पत्रिकासँग भन्नुभयो, ‘घरभित्र हाम्रो कम्मरसम्म पानी आयो । अग्निनियन्त्रकहरू तुरुन्तै आए र हामीलाई डुंगामा चढाएर बाहिर निकाले । यसका लागि हामी ईश्वरप्रति आभारी छौँ ।’ उहाँले एउटा अकल्पनीय सपनाजस्तो घटना भएको बताउनुभयो ।

ADVERTISEMENT

आँधीपछि आएको बाढीका कारण डुबानमा परेका सयौं मानिसलाई हेलिकप्टरबाट पानी बाहिर निकालिएको छ । आँधीका कारण करिब पाँच हजार परिवार घरवारविहीन बनेका छन् भने झण्डै एक लाख व्यक्ति विद्युतीय सेवाबाट वञ्चित बनेका छन् ।

बिहीवारदेखि शुक्रबारसम्म आएको चक्रवातका कारण जाखिममा रहेका करिब ८० हजार व्यक्तिलाई प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा सारिएको छ । रासस/सिन्हृवा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?