ताप्लेजुङ पहिरो अपडेटः बेपत्ता एकको शव भेटियो, घाइते सुरेशको मृत्यु

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

ताप्लेजुङ । ताप्लेजुङको सिदिङवा गाउँपालिका-६ मेहेलेमा आज बिहान गएको पहिरोमा परी बेपत्ता हुनुभएका केशरबहादुर राईको शव फेला परेको छ । साथै सोही पहिरोमा परी घाइते हुनुभएका सुरेश राईको निधन भएको छ ।

स्थानीय कला कडरियाका अनुसार घाइते हुनुभएका राजकुमार राईको अवस्था गम्भीर छ । उहाँलाई हेलिकोप्टरमार्फत उपचारका लागि अन्यत्रै लैजाने तयारी भइरहेको छ ।

ADVERTISEMENT

पहिरोका कारण आफू बस्ने घर जोखिममा भएपछि गाडी अन्यत्रै सार्ने तयारीका क्रममा अचानक खसेको पहिरोले तीन जना पुरिनुभएको थियो । जसमध्ये सुरेश र राजकुमारको तत्काल उद्धार गरिएको थियो भने केशरबहादुर बेपत्ता हुनुभएको थियो ।

मेहेलेको अधिकांश क्षेत्र पहिरोको उच्च जोखिममा छन् । मेहेलेमा शनिबार गएको पहिरोमा परी तीन जना अझै बेपत्ता छन् भने एक जनाको शव भेटिएको छ । मेहेलेमा पहिरोले छ घरलाई बगाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज