काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटवार्ता भएको छ ।
सोमबार विहान ओली निवास बालकोटमा उनीहरूबीच भेटवार्ता तथा छलफल भएको हो । सो भेटवार्तामा दुबै नेताका बिचमा समसमायिक राजनीतिका विषयमा कुराकानी भएको थियो ।
जेलमा रहँदा ज्याकेट र जुत्ता पठाइदिएकोमा चौधरीले ओलीलाइ धन्यवादसमेत दिनुभएकाे थियाे । जाडोको बेला पठाइदिएको गिफ्टप्रति ओलीलाई भेटेरै धन्यवाद दिनुभएका चौधरीले जेल जीवनका बारेमा स्मरण सुनाउनु भएकाे थियाे ।
यसअघि उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलगायतसँग पनि भेटघाट गर्नुभएकाे थियाे ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts