संखुवासभामा बाढी पहिरोका कारण २१ जना बेपत्ता, एक जनाको मृत्यु

निरोज कोइराला भोजपुर, संवाददाता
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 1 min

भोजपुर । शनिवार राती संखुवासभाको हेवा खोलामा आएको बाढीबाट बेपत्ता हुनेको संख्या २१ जना पुगेको छ भने एक जनाको मृत्यु भएको छ । बाढीले बगाउँदा पाँचखपन नगरपालिका वडा नम्वर ९ का सन्तोष राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बाढीले चैनपुर ४ मा निर्माणाधीन अवस्थामा रहेको सुपर होवा हाइड्रोपावरका १८ जना सम्पर्क बाहिर छन् । जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डीएसपी वीरेन्द्र गोदारका अनुसार सभापोखरीमा २ र नुनढाकीमा १ जना बेपत्ता भएका छन् । सुपर होवा हाइड्रोपावरका २ जना भने आइतवार बिहान प्रहरीको सम्पर्कमा आएका थिए ।

ADVERTISEMENT

चैनपुर नगरपालिका वडा नम्वर ४ र पाँचखपन नगरपालिका वडा नम्वर ९ मा गएको पहिरोले खोला थुनिएपछि आएको बाढीले बगाउँदा ठूलो परिमाणमा भौतिक संरचना समेत क्षति भएको छ । घटना पश्चात हराई रहेकाहरुको खोजी कार्य जारी राखिएको संखुवासभा प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज