सांसद ठाकुरप्रसाद गैरेको प्रश्न- के भारत सुगौली सन्धिबाट पछाडि हटेको हो ?

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडाैं । नेकपा (एमाले)का सांसद ठाकुरप्रसाद गैरेले के भारत सुगौली सन्धिबाट पछि हटेको हो ? भनि सरकारलाई प्रश्न गर्नु भएको छ ।

भारतले पछिल्लो समय सिनेमामार्फत् सिता भारतकी छोरी हुन भनेर अत्यन्तै भ्रमपूर्ण सन्देश दिन खोजिरहेको उल्लेख गर्दै यसबारे सरकारलाई स्पष्ट हुन पनि आग्रह गर्नु भयो । आईतबार प्रतिनिधिसभा बैठकमा शुन्य समयमा बोल्दै सांसद गैरेले बुद्धलाई भारतमा जन्मेको भन्ने, कपिलबस्तु र लुम्विनीलाई आफ्नो सदनमा नक्शांकन गरेर अत्यन्तै गलत काम गरेको भन्दै भारतप्रति आक्रोश पनि व्यक्त गर्नु भयो ।

उहाँले भारतले नेपाललाई ग्रेटर नेपालको बहसतर्फ धकेल्ने प्रयास गरिरहेको उल्लेख गर्दै नेपालको एकइन्च पनि भूमि छोडने पक्षमा आफूहरु नरहेको पनि बताउनु भयो ।

ADVERTISEMENT

सांसद गैरेले भन्नु भयो, ‘नेपालमा जन्मेका गौतम बुद्धलाई भारतमा जन्मेका हुन् भन्ने अत्यन्त भ्रमपूर्ण समाचार प्रवाह गर्ने भारत । अहिले कपिलबस्तु र लुम्विनीलाई आफ्नो सदनमा नशांकन गरेर अत्यन्त गलत काम गरेको छ । अहिले फेरी यो आदिपुरुष सिनेमाको नाममा सिता भारतकी छोरी हुन् भन्ने अर्को भ्रमपूर्ण समाचार सन्देश प्रवाह गर्ने मात्रै होइन त्यसका लेखकले नेपाल भारतकै अंग हो भनेर अत्यन्त गलत अन्तरर्वार्तामार्फत् अभिव्यक्ति दिईराखेका छन । नेपाल सरकार के गर्दैछ ? के भारत सुगौली सन्धिबाट पछाडि हटेको हो ? नेपाल सरकार स्पष्ट हुन जरुरी छ । नेपाललाई ग्रेटर नेपालको बहसतर्फ र त्यसको चाँही पक्षधर बनाउने बहसमा धकेल्न खोजेको हो ? यदि भारतले त्यो गर्न खोजेको हो भने नेपाल देशकाे रक्षाका लागि जुनसुकै मूल्य चुकाउन तयार छ । हामी नेपालको एकइन्च भूमि कसैका लागि सुम्पिन तयार छैनौं । नेपालको रक्षाका लागि हामी तयार हुनुपर्छ ।’

सांसद गैरेले नेपाल भारतकै अंग हो भन्ने खालको अभिव्यक्ति आदिपुरुष सिनेमा लेखकले अन्तरवार्तामार्फत दिएको भन्दै आपत्ति जनाउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?