मैनालीको ‘दृष्टि : दृष्टिकोण’ लोकार्पण

समालोचना धेरै साहित्यकारले नचिनेको विधा हो : बैरागी काइला

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । वरिष्ठ सहित्यकार तथा नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति बैरागी काइलाले समालोचना विधा धेरैले नचिनेको र थोरैले मात्र लेख्ने विधा हो भन्नुभएको छ । साहियत्यकार युवराज मैनालीद्वारा लिखित समालोचनाको पुस्तक ‘दृष्टि : दृष्टिकोण’ सार्वजनिक गर्ने क्रममा उहाँले उक्त, धरणा राख्नुभएको हो ।

उहाँले भन्नुभयो, ‘तर समालोचना लेखिनुपर्छ र ब्रहृमले देखेको लेख्नुपर्छ, यसको अर्थ हो समालोचना निष्पक्ष भएर लेख्नुपर्छ ।’ मुक्तिनाथ दर्शन साहित्य समाज नेपाल आयोजक रहेको उक्त कार्यक्रको सभापतित्व उक्त समाजका अध्यक्ष हरिभक्त सिग्देल महेशले गर्नुभएको थियो भने पुस्तक साझा प्रकाशनले प्रकाशित गरेको हो ।

ADVERTISEMENT

श्रीबाबु कार्कीले सहजीकरण गर्नुभएको उक्त कार्यक्रममा विशिष्ट अतिथि प्राडा. दीनेशराज पन्त, प्राडा. कुलप्रसाद कोइराला, प्राडा.खगेन्द्रप्रसाद लुइँटेल, पुस्तकका लेखक युवराज मैनाली, रामप्रसाद पन्त, प्रहृलाद पोखरेल, शम्भुप्रसाद मैनालीलगायत वक्तहरूले आ-आफ्नो विचार राख्नुभएको थियो ।

सामाजिक विकास समाज अनामनगरको सभाहलमा आयोजित उक्त कार्यक्रममा प्राडा.अर्जुनदेव भट्टको स्वागत मन्तव्य तथा विष्णुप्रसाद पन्तको अन्यवाद ज्ञापन रहेको थियो भने प्राडा. लेखप्रसाद निरौलाले पुस्तकको समीक्षात्मक टिप्पणी गर्नुभएको थियो । अन्त्यमा सभापति सिग्देलले आफ्नो विचारसहित कार्यक्रम समापन गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?