‘धर्तीका सत्र तारा’को लोकार्पण एवं अन्तरक्रिया

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । विभिन्न व्यक्तिहरूको विचार समेटेर लेखिएको ‘धर्तीका सत्र तारा’ शीर्षकको पुस्तकको लोकार्पण तथा अन्तरक्रियात्मक कार्यक्रम भएको छ । तिलक लुइटेल तथा विनोद दाहाल ‘वत्स’ संकलक सम्पादक रहेको जीवनी तथा विचारकेन्द्रित उक्त पुस्तकमा विभिन्न क्षेत्रका १७ जना व्यक्तिहरू समेटिएका छन् । सुकेधारा नव पुस्तकालय तथा जेष्ठ नागरिक मिलन केन्द्रमा उक्त पुस्तकालयका अध्यक्ष विष्णुप्रसाद पन्तको उपस्थितिमा एक अनौपचारिक कार्यक्रमका बीच पुस्तक सार्वजनिक, अन्तरक्रियात्मक तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा सत्रतारामध्ये विष्णुप्रसाद पन्त, कृष्णबहादुर भण्डारी, त्रिलोचन आचार्य, जीवन सुवेदी, माधवलाल श्रेष्ठ, नारायण नेपाल, नेत्रबहादुर कुवँर, मिश्रादेवी कार्की तथा विदेशी नागरिक वेन ब्ल्याकका तर्फबाट दुर्गाप्रसाद अधिकारी भमरकोटेले आ–आफ्ना विचार राख्नुभएको थियो । महेश्वर खनालले पुस्तकमाथि समीक्षात्मक टिप्पणी गर्नुभएको थियो भने पुस्तकका संकलक तथा सम्पादकद्वय तिलक लुइटेल तथा विनोद दाहाल ‘वत्स’ले पनि पुस्तक सम्पादनका अनुभवहरू सुनाउनु भएको थियो ।

कार्यक्रममा केशवकुमार श्रेष्ठ, पवित्रा आचार्य, सुशीला घिमिरे, सम्पदा दाहाल, रमेश आचार्य, श्रीराम पाण्डे तथा सुशील गौतमको उपस्थिति थियो । सुशील गौतम राष्ट्रिय जरोकिलो पार्टीका अध्यक्ष हुनुहुन्छ । कार्यक्रमा उहाँले आफ्नो विचार पनि राख्नुभएको थियो ।

ADVERTISEMENT

कार्यक्रमको यो तेस्रो श्रृंखला हो । पहिलो श्रृंखला वनस्थलीस्थित हेड्स नेपालको कार्यालयमा केही दिनपहिले सम्पन्न भएको थियो । उक्त कार्यक्रमा सत्र तारामध्येका ईश्वरचन्द्र बानियाँ तथा कृष्णबहादुर भण्डारी उपस्थित हुनुभएको थियो भने गंगा अभिलाषी, शशिकला वशिष्ठका प्रतिनिधिहरू उपस्थित हुनुभएको थियो । दोस्रो श्रृंखला अर्का एक तारा विष्णुप्रसाद गौतमको निवास बसुन्धरामा भएको थियो ।

उहाँ बिरामी भएका कारण उहाँको घरैमा कार्यक्रम गरिएको थियो । कार्यक्रमहरूको सञ्चालन सुखशाँित मिडियाका तर्फबाट दामोदर गौतमले गर्नुभएको थियो भने सुखशान्ति मिडियाले उक्त कार्यक्रमको छायांकनसमेत गरेको थियो । छायांकन तिलक भट्टराई र नवीन घिमिरेले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?